७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षलाई पक्राउ गरेको विरोधमा चक्काजाम



अ+ अ-
फाइल फोटो

कैलाली । व्यापारीहरुले अत्तरियामा एक घण्टा चक्काजाम गरेका छन् ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटासहितका तीनजना व्यापारीको रिहाइको माग गर्दै उनीहरुले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका हुन् ।

बुधबार बिहान अत्तरियामा रहेको उद्योग वाणिज्य संघको सभाकक्षमा पत्रकार सम्मेलन गरिरहेका बेला इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्ट नेतृत्वमा गएको प्रहरी टोलीले अध्यक्ष देवकोटा, कार्यसमिति सदस्य विपिन साउदसहित तीनजनालाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीले देवकोटासहितका ८ जनाविरुद्ध सार्वजनिक हित विपरितको क्रियाकलाप गरेको किटानी जाहेरी परेकाले पक्राउ गरेपछि व्यापारीहरुले अत्तरिया हिजो दिउँसो बजार बन्द गराएका थिए ।

व्यवसायीहरुको समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा विरोध गर्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विरोध स्वरुप अत्तरियाका बजार वन्द गराइएको अत्तरिया उद्योग वाणिज्य संघका सचिव शंकर खड्काले जानकारी दिए ।

गोदावरी नगरपालिकाले असार १० आयोजना गरेको नगर परिषद्को उद्घाटन समारोहमा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम विथोल्ने प्रयास गरेको भन्दै नगरपालिकाले देवकोटासहितका ८ जनाविरुद्ध किटानी दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए। पक्राउ गरिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।