१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा बोक्सीको आरोप लगाउने दुई महिला पक्राउ



अ+ अ-

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बोक्सीको आरोप लगाउने दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महा–नगरपालिका–१६ बस्दै आएका ३३ वर्षीया सोममाया गुरुङ र सोही स्थान बस्ने २५ वर्षीया चन्द्रकला थापा रहेका छन् ।

उनीहरु विरुद्ध ३८ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई गालीगलौज गरी पिडा दिएको भनि बुधबार वडा प्रहरी कार्यालय वालिङमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले बताए ।

उनका अनुसार घटनाका आरोपित दुई महिलालाई बिहीबार जिल्ला अदालत स्याङ्जाबाट ‘भेदभाव तथा अन्य अपमानजन्य ब्यवहार सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।