• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप क्रिकेट: नेपालले टिस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्दे ★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश

पाँच महीनादेखि बालक सम्पर्कविहीन, आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह



सुर्खेत । पछिल्लो समय यहाँ बालबालिका हराउने क्रम बढ्दै गएको छ । बालबालिका को, कहाँ, कहिले र कति सङ्ख्यामा हराउँछन् भन्ने यकिन तथ्याङ्क भने सजिलै पाउन सकिँदैन ।

यो क्रम गाउँभन्दा शहरमा बढी छ । गरीबी, अशिक्षा र अभावले शहर पस्ने बालबालिका विभिन्न घटनाको शिकार हुँदै गएका छन् । यही क्रममा तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँका १२ वर्षीय बालक सुरेश शाही पाँच महीनादेखि काठमाडौँ मण्डिकाटारबाट सम्पर्कविहीन छन् । उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुराको अत्तोपत्तो नहुँदा सुरेशका आमा राज्यलक्ष्मी शाही र बुबा गोरबहादुर शाही अहिले चिन्तित हुनुहुन्छ ।

दुई वर्षअघि बूढानीलकण्ठ नगरपालिका–९ मण्डिकाटार काठमाडौँका बलराम विष्टले छोरा समान रेखदेख र पठनपाठन गर्ने भनेर सुरेशलाई लिएर गएको बुबा गोरबहादुरले बताउनुभयो । तर ०७५ फागुन २३ गतेदेखि विष्टकै घरबाट उनी हराएका छन् । छोराको खोजी गरिदिन उहाँले सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ ।

बाँसबारी मावि काठमाडौँमा अध्ययनरत उनी अहिलेसम्म नभेटिएकाले सम्पर्कविहीन भएकै दिनमा महानगरीय प्रहरी वृत्त काठमाडौँमा खोजतलासका लागि हुलियासहितको निवेदन दिएको घरधनी बलराम विष्टले जानकारी दिनुभयो । २०७३ साल चैत ७ गते आफूले पढाइ दिने भनेर बालक सुरेशलाई लगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरको जिम्मेवारी दिएर बसालेका थियौँ तर रु पाँच हजार र आफ्ना लुगा लिएर ऊ बाहिरिएको छ । कहाँ, कता र किन गयो भन्ने कारण बुझ्न सकिएको छैन ।” बाल अधिकारका क्षेत्रमा कार्यरत प्रदीप श्रेष्ठसमेत बालक शाहीको खोजीमा अनवरत लागिपरेको उहाँको भनाइ छ ।

यता महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रवक्त एसएसपी श्यामलाल ज्ञवालीले बालकको खोजतलासका लागि प्रहरीको विभिन्न एकाइमा फोटो पठाइएको र खोजी कार्य जारी रहेको बताउनुभयो । यसमा सम्बन्धित घरधनी बलराम विष्ट जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । बालक अपहरण नभई हराएकाले यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।