७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइफा अवार्ड नेपालमा गर्न स्वीकृतिमात्र दिएको हो, सरकारले पैसा दिने भनेकै थिएनः सञ्चारमन्त्री



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्ड विवादबारे मन्त्री बाँस्कोटाले सरकारले आइफा अवार्ड नेपालमा गर्न सैद्धान्तिक स्वीकृतिमात्र दिएको बताए । उनले नेपालमा आयोजना गर्नका लागि सरकारले पैसा दिने विषयमा कुराकानी नभएको बताए ।

बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले आइफाका लागि सरकारले छलफल मात्र गरेको तर पैसा दिने कुरै नगरेको बताए। आइफा अवार्डमा सरकार लगानीका बारेमा प्रवेश नै नगरेको छैन् । उनले भने, सरकारले लगानी गर्ने भयो भनेर त्यसै हल्ला फिँजाइएको हो ।

गत साताको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नै सरकारले आईफा आयोजना गर्नका लागि स्वीकृति प्रदान गरेको जानकारी गराएका थिए। त्यस लगत्तै काठमाडौं महानगरपालिकाले सो कार्यक्रम आयोजना गर्नका लागि ४४ करोड बढी रकम दिन लागेको कुरा बाहिरिएकसँगै विरोध सुरु भएको थियो।

उनले सञ्चालन गर्दा नेपाललाई पनि आर्थिक लाभ हुन्छ भनेर कार्यक्रम सञ्चालन गर्न दिने भनेका बताए । मन्त्री बाँस्कोटाले भने, ‘प्रस्तावहरु आउँछन्। मोडेलहरु टुंग्याउनुपर्छ। सरकारले छलफल मात्र गरेको हो।’

विरोधपछि चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने भनिएता पनि पैसा नै लगानी गर्ने भनने कुरा सरकारले नगेको बताएका थिए ।

उनले भने, आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सो कार्यक्रम आयोजना नगर्नका लागि सरकारलाई निर्देशन दिएको थियो।आइफा अवार्ड गर्दा नेपाललाई आर्थिक भार धेरै पर्ने समितिको मंगलबारको बैठकले ठहर गरेको थियो ।