३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

झापामा प्रहरीद्वारा कैदीबन्दी भेटन आउने महिलाहरूमाथि यौनिक हिंसा

झापामा प्रहरीद्वारा कैदीबन्दी भेटन आउने महिलाहरूमाथि यौनिक हिंसा
अ+ अ-

-द्रोण अधिकारी
भद्रपुर । झापा कारागार सुरक्षर्थ खटिएका प्रहरी पदीय आचरण विपरित महिला हिंसामा लाग्ने गरेको पाइएको छ । कैदीबन्दी भेटन आउने महिलाहरूलाई कारागारमा सुरक्षार्थ खटिएका प्रहरीले यौनिक हिंसात्मक नजरले हेरेर पीडा थप्ने काम गरेको पाइएको हो । चन्द्रगढी स्थित झापा कारागारमा थुनुवा तथा कैद भूक्तान गरिरहेका व्यक्तिलाई भेट्न आउने आफन्त युवती तथा पत्नीमाथि गिद्धे नजरले हेर्ने गरेको पीडित महिलाहरूको आरोप छ ।


कारागारमा खटिएका सइ नरेश आचार्यले आवत जावत गर्ने महिलाहरुलाइ रोकेर अनेकथरी विवरण सोधेर सम्पर्क नम्बर समेत लिने गरेको पीडित महिलाहरूले आरोप लगाउने गरेका छन् । कारागारको मूख्य प्रवेशद्वारमा नाम दर्ता गराउदा मोवाइल नम्बर र नाम समेत उल्लेख गर्ने नियम रहेको छ । सोही विवरणको आधारमा आफन्तलाइ भेटेर वाहिर निस्किएका महिलालाई बारम्बार फोन गरेर अनावश्यक कुरा गरी मानसिक पीडा दिने गरेको पीडित महिलाहरूले गुनासो गरेका छन् । जेलमा श्रीमान छ, भन्दैमा हामीमाथि प्रहरीको गलत नजर लगाउने, संवेदनशील अङ्गमा हेर्ने जस्ता व्यवहार प्रहरीले गरेको महिलाहरुको गुनासो छ ।

जेलमा रहेका श्रीमानलाई खाना लगायत अन्य कानूनले दिने सामग्री लिएर जादा गुणस्तरीय सामान प्रहरीले झिक्ने गरेको महिलाहरुको गुनासो छ । फेरि आउँदा मेरो लागि सामान लिएर आउनु भन्दै माग गरेको भेटन आउने आफन्तहरूको भनाइ छ । सुरू–सुरूमा राम्रै कुराहरू सोध्नु हून्थ्यो, म पनि भन्थे, श्रीमानलाई अप्ठ्यारो परेमा सहयोग गर्दिनु है जस्ता गफ हुन्थे, पछि त सइ सापले उल्टै आफुलाई गलत नजरले हेर्न थालेको पीडित भएकी एक महिलाको भनाइ छ । केही दिन अघि हवल्दार यादव मार्फत एनसेल नम्बरबाट कल गर्न लगाएर सइ सापले तपाइसँग भेटेर विर्तामोड डुल्न जाउँ भनेको उनको भनाइ छ । त्यस्तो कुरा गरेपछि आइन्दादेखि मलाइ फोन नगर्नु भनेर हवल्दारलाई सम्झाएको ती महिलाले बताइन् । सइले जिस्क्याएको कुरा श्रीमानलाई पनि जानकारी गराएको महिलाले सुनाइन् । हवल्दारको कुरा सइलाई जानकारी गराउदा समेत वास्ता नगरेको महिलाहरुको भनाइ छ ।

सइले नानी कती छन् ?। सिजर हो कि नर्मल ? तपाइसँग गफ गर्न मन लागिरहन्छ भन्ने गरेको अर्की महिलाले बताइन् । यो कुरा बाहिर आएमा जे सुकै पनि हुनसक्ने भन्दै आतङ्कित बनाएको समेत भनाइ छ । सइ कै कारण कारागारमा आफन्त भेट्न जान पनि तनाव भएको पिडित महिलाहरू भनाइ छ । कारागारका सुरक्षाकर्मीको कार्यशैली र व्यवहारले महिलामाथि डर र त्रास छाएको जनाइएको छ । सइको कार्यशैली प्रति दुवै तर्फका चौकीदार, जेलरलाई समेत जानकारी छ । तर, कारागार प्रशासनले सुरक्षाकर्मीको आचरण सुधार्न प्रयास नगरेको पीडितहरू बताउने गर्छन् ।

महिलाहरुले लगाएको आरोप गलत भएको सइ आर्चायले जानकारी दिए । कुनै गुनासो भए प्रहरीसँग भन्नु पर्नेमा वाहिर गएर भनेको कुरामा कुनै सत्यता नभएको उनको भनाइ छ । कारागारमा प्रहरीले गरेको अभद्र कार्यशैलीका बारेमा कुनै जानकारी नआएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।