काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीले ५ वर्ष नभई २५ वर्षसम्म सरकार चलाउने दाबी गरेका छन् ।
नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा समाजवादी पार्टीका नेताहरुलाई नेकपामा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले कतिपयले नेकपाको सरकार ५ वर्षपछि टिक्दैन भनेको स्मरण गर्दै नेता पौडेलले भने, ‘५ वर्षका लागि त जनताले मत दिइसके । अब २५ वर्षसम्म वामपन्थीबाहेक अरु आउने सम्भावना छैन ।’
उक्त कार्यक्रममा समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई लगायतको समूहलाई नेकपा प्रवेश गराइएको थियो ।