७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भट्टराई, चित्रबहादुर केसी र विजुक्छेलाई एकता प्रक्रियामा आउन प्रचण्डको आग्रह



अ+ अ-
फाइल फाेटाे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरेका छन् ।

समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडीले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने आरोप लगाए ।

उनले मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । नेताहरुले सम्मान दिन तयार रहेको भन्दै उनले भने, ‘कसरी सम्झाउने होला भनेर चिन्त लागेको छ । उहाँहरुले पनि भनिदिनुपर्‍यो, के सम्मान गर्‍यो भने आउनुहुन्छ ।’

फरक प्रशंगमा प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताए । शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै उनले असन्तुष्टि जनाए ।

उक्त कार्यक्रममा समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई लगायतको समूहलाई नेकपा प्रवेश गराइएको थियो ।