७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफगानिस्तानमा छ सुरक्षा अधिकारी मारिए



अ+ अ-

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी प्रमुख हाजी लालाले शुक्रबार उक्त जानकारी दिनुभएको छ ।

मिवान्द जिल्लामा रहेको मिवान्द बजारमा अवस्थित एक प्रहरीचौकीमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारीहरु गरेको जवाफी कारवाहीमा छ सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका लालाले बताउनुभएको छ ।

यस झपडको क्रममा तालिबान लडाकू समूहको सदस्यहरु पनि हताहत भएका छन् तर यसको यकिन सङ्ख्या भने प्राप्त भएको छैन । यस झडपको विषयमा अफगान सरकारसँग लडाइँ गरिरहेको तालिबान समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।