७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा विज्ञापन विवाद : आयोगलाई दिएको निर्देशनमा गल्ती भएको स्वीकार गर्न सांसदको माग



अ+ अ-

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य विजय सुब्बाले स्थानीय तहको कर्मचारी भर्नासम्बन्धि लोक सेवा आयोगलाई दिइएको निर्देशनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सभापति शशी श्रेष्ठसँग माग गरेका छन् ।

समितिको शुक्रबारको बैठकमा सत्तारुढ नेकपाका सांसद सुब्बाले ‘लोकसेवा आयोग ऐनमा के छ? समावेशी सिटहरु कहाँ छन् । थाहा पाएपछि बोल्नुपर्ने । अब मागौं । थाहा पाउँ । अनि गल्ती गरिएछ भनेर समीक्षा गरौं’, सांसद सुब्बाले भनेका छन् ।

त्यसअघि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले समितिको निर्देशन, लोकसेवा आयोगको विज्ञापन र सञ्चारमाध्यममा आएको समाचार मेल नखाएको बताएका थिए । ‘हालसम्म आयोगले कति कर्मचारीलाई बढुवा ग¥यो ? भन्ने जानकारी नभएका कारण पनि लोक सेवा आयोगबारे जनतामा गलत सूचना गएको र त्यसलाई सच्याउन जरुरी रहेको छ,’ उनको भनाई थियो ।

सांसद बडुले लोक सेवा आयोगले खुलाएको विज्ञापन समावेशी भए/नभएको पुनः आयोगसँग बुझ्नुपर्ने पनि बताए । बैठकमा समितिका सभापति शशी श्रेष्ठले पनि सो सम्बन्धमा लोक सेवा आयोगसँग पुनः छलफल गर्ने बताएका थिए ।