१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्युनिसिया डुङ्गा दुर्घटनामा कम्तीमा ८० व्यक्ति डुबेको आशङ्का : यूएनएचसीआर



अ+ अ-

जेनेभा । ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)ले बिहीबार बताएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ । माछा मारी फर्किदै गरेका माझीहरूले दुर्घटनाग्रस्त डुङ्गाबाट चार जनालाई जीवितै उद्धार गरी अस्पताल पठाइएकोमा एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

दुई जनाको ट्युनिसियाको जार्जिसमा यूएनएचसीआरको सहयोगमा उपचार भइरहेको छ भने एक जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ ।

भूमध्यसागरीय क्षेत्रका लागि यूएनएचसीआरका विशेष दूत भिन्सेन्ट कोसेटलले भन्नुभयो, “आप्रवासीको सुरक्षाका लागि यथास्थितिले निरन्तरता पाउनु गलत हुनेछ । बुधबारको दुर्घटनामा कम्तीमा ८० जना डुबेको अपुष्ट समाचार यूएनएचसीआरले प्राप्त गरेको छ ।”

उहाँले भन्नुभयो, “सहज अवस्था वा विकल्प पाउँदासम्म डुङ्गाको खतरनाक यात्रा गरी कसैले पनि आफ्नो र आफ्ना परिवारको जीवनमाथि खतरा मोल्न तयार हुँदैन ।” “यो उनीहरूको मजबुरी हो यसबारे विश्व समुदाय र मानवअधिकारवादी सङ्घसंस्थाको ध्यानाकर्षण हुनु जरूरी छ ।

हामीले नागरिकलाई अर्थपूर्ण विकल्प दिनुपर्छ जसले उनीहरूलाई डुङ्गामा पाइला राख्नुपर्ने बाध्यतालाई रोकोस् ।”




भर्खरै