७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमालियामा इस्लामिक समूहका लडाकूहरु सुरक्षा सेवामा समायोजन



अ+ अ-

मोगादिसु । सोमाली सरकारले मध्यम इस्लामिक समूह अहलु सुन्ना वलिजामा ९एएसडब्लुजे० मा आबद्ध लडाकूहरुलाई सोमालियाका सुरक्षा अंगहरुमा समायोजन गर्ने तयारी थालेको छ ।

सोमालियाका प्रधानमन्त्री हस्सन अलि खयरेले सोमालियाको गलमुदुग राज्यको राजधानी धुसामारेबमा उक्त कार्यक्रमको शुभारम्भ गरे ।

त्यस अवसरमा प्रधानमन्त्री हस्सनले भन्नुभयो – सोमालिया सरकार तपाइँहरुको पक्षमा छ । गलमुदुगमा राजनीतिक स्थायित्व बहाल गर्ने कार्यमा हामी पूर्ण प्रतिबद्ध छौं, त्यसमा सबैको सहयोग अति आवश्यक छ ।

एएसडब्लुजेका लडाकूहरुलाई मुलुकका सुरक्षा निकायहरु खासगरी सेना, प्रहरी, गुप्तचर सेवामा समायोजन गरिनेछ । यो समूह सोमालियामा समेत सक्रिय रहेको विद्रोही समूह अल शबाबसँग भिन्न मत राख्ने र केन्द्र सरकारसँग निकट रहने मानिन्छ ।

धुसामारेबमा मुख्यरुपमा केन्द्रित एएसडब्लुजेले यस क्षेत्रबाट शल शबाबका अतिवादी लडाकूलाई लखेट्न प्रमुख भूमिका निर्वाह गरेको थियो । डिसेम्बर २०१७ मा एएसडब्लुजेले राज्य प्रशासनसँग शक्ति बाँडफाँड सम्बन्धी एक सम्झौतामा हस्ताक्षर समेत गरेको थियो ।

एएसडब्लुजेको उक्त कदमको सोमालियास्थित राष्ट्रसंघीय मिसन र अफ्रिकी युनियनले स्वागत गरेको छ ।