१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमालियामा इस्लामिक समूहका लडाकूहरु सुरक्षा सेवामा समायोजन



अ+ अ-

मोगादिसु । सोमाली सरकारले मध्यम इस्लामिक समूह अहलु सुन्ना वलिजामा ९एएसडब्लुजे० मा आबद्ध लडाकूहरुलाई सोमालियाका सुरक्षा अंगहरुमा समायोजन गर्ने तयारी थालेको छ ।

सोमालियाका प्रधानमन्त्री हस्सन अलि खयरेले सोमालियाको गलमुदुग राज्यको राजधानी धुसामारेबमा उक्त कार्यक्रमको शुभारम्भ गरे ।

त्यस अवसरमा प्रधानमन्त्री हस्सनले भन्नुभयो – सोमालिया सरकार तपाइँहरुको पक्षमा छ । गलमुदुगमा राजनीतिक स्थायित्व बहाल गर्ने कार्यमा हामी पूर्ण प्रतिबद्ध छौं, त्यसमा सबैको सहयोग अति आवश्यक छ ।

एएसडब्लुजेका लडाकूहरुलाई मुलुकका सुरक्षा निकायहरु खासगरी सेना, प्रहरी, गुप्तचर सेवामा समायोजन गरिनेछ । यो समूह सोमालियामा समेत सक्रिय रहेको विद्रोही समूह अल शबाबसँग भिन्न मत राख्ने र केन्द्र सरकारसँग निकट रहने मानिन्छ ।

धुसामारेबमा मुख्यरुपमा केन्द्रित एएसडब्लुजेले यस क्षेत्रबाट शल शबाबका अतिवादी लडाकूलाई लखेट्न प्रमुख भूमिका निर्वाह गरेको थियो । डिसेम्बर २०१७ मा एएसडब्लुजेले राज्य प्रशासनसँग शक्ति बाँडफाँड सम्बन्धी एक सम्झौतामा हस्ताक्षर समेत गरेको थियो ।

एएसडब्लुजेको उक्त कदमको सोमालियास्थित राष्ट्रसंघीय मिसन र अफ्रिकी युनियनले स्वागत गरेको छ ।




भर्खरै