१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दस हजार घुस लिएको आरोपमा कार्यालय सहयोगी विरुद्द मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.९ वडा कार्यालय, गौशालाका कार्यालय सहयोगी गोविन्द खड्काविरुद्द मुद्दा दायर गरिएको छ ।

खड्काले सेवाग्राहीले व्यवसाय सञ्चालन गरे बापत वडा कार्यालयमा नियमानुसारको कर तिर्न जाँदा काममा आलटाल गरी कर बाहेक दस हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले पक्राउ गरेको थियो ।

खड्काले व्यवसायी कर तिर्ने काम गरिदिए बापत सेवाग्राहीसँग घुस रिसवत माग गरेको र नदिए अतिरिक्त रकम समेत निकाली दिन्छु भनी आलटाल गरेको आयोगलले जनाएको छ । सेवाग्राहीसँग घुस रकम लिएको पुष्टि भएकोले उनिविरुद्द भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला जानकारी दिए ।