१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा खोला-नदीले बगाएर २ जना बेपत्ता



अ+ अ-

काठमाडौं । नुवाकोटमा खोला-नदीले बगाएर २ जना बेपत्ता भएका छन् ।

नुवाकोटको तादी गाउँपालिका २ घट्टेखोला तर्ने क्रममा १७ वर्षीय विनोद लामा तामाङ र १७ वर्षीय देवकृष्ण तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकारी राजेश थापाले बताए ।

उनीहरु सातबिसे बजारबाट सामान किनेर घर फर्कंदै थिए । बेपत्ताको खोजी गर्न जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय खरानीटार र सशस्त्र प्रहरी बलको टोली खटिएका छन् ।