३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

खडेरीका कारण धान रोपाइँमा समस्या

खडेरीका कारण धान रोपाइँमा समस्या
अ+ अ-

उदयपुर । खडेरीका कारण असार महीनाको धान रोप्ने मौसममा उदयपुर जिल्लामा धान रोपाइँमा समस्या भएको छ ।

आकाशे पानी नपरेका कारण धान रोपाइँमा समस्या भइरहेको बेला खडेरीले साना–साना खोलानालाको पानी समेत सुक्न थालेको छ । कुलोबाट सिँचाइ गरेर धान रोपाइँ गर्न समेत समस्या हुन थालेको सम्बन्धित किसान बताउँछन् ।

त्रियुगा नगरपालिका–७ असारीका स्थानीय किसान जनक रेग्मी भन्नुहुन्छ,“यस पटक धान रोपाइँ गर्ने समय भइसक्यो, आकाशे पानी पनि पर्दैन, स्थानीय बरुवा खोलाको कुलोबाट सिँचाइ गरेर धान रोप्ने गर्दै आएको भए तापनि पानी सुकेर कमिला हिँड्न थाल्यो, अब यस पटक धान रोपाइँमा ठूलै समस्या भोग्नुपर्ने भयो ।”

चौदण्डी गढी नगरपालिका– ३ हँडियाका किसान देवराम चौधरीको पनि गुनासो उस्तै छ । चौधरी भन्नुहुन्छ,“आकाशे पानी अहिलेसम्म पनि आउनै सकेन, झनै खडेरी बढ्दै गइरहेको छ, देबधार तथा त्रियुगा खोलाको पानी सुकेर कुलो नै नचल्ने अवस्था आयो, यस पटक धान रोपाइँ हुने अवस्था छैन ।”

विगतका वर्षमा चौदण्डीको हँडिया तथा सुन्दरपुर क्षेत्रमा असारको तेस्रो हप्ता सम्ममा ४० प्रतिशत धान रोपाइँ भइसक्थ्यो । यस पटक खडेरीका कारण ५ प्रतिशत पनि धान रोपाइँ नभएको समेत चौधरीले बताउनुभयो ।

यस्तै कटारी नगरपालिका मरुवाका किसान दोदराज थापा समेत यस पटक खडेरीको कारण खोलानालामा पानी सुकेर कमिला हिँड्ने भएको कारण खोलाको कूलोबाट समेत धान रोपाइँ हुने आस हराएको थापा बताउनुहुन्छ ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिलेसम्म उदयपुरमा– ७ प्रतिशत पनि धान रोपाइँ हु्नसकेको छैन । उदयपुरमा वर्षेनी करीब १४ हजार हेक्टरमा धानखेती हुँदै आएको छ ।

अहिलेसम्म एक दुई पटक आकाशे पानी परेको भए खोलानाला रसाएर पानीको स्रोत बढ्ने थियो । आकाशे पानी कम परेपनि धान रोप्ने सम्भाव हुने थियो, तर सामान्य रुपमा पनि आकाशे पानी नपर्दा खोलानालाको कूलोसमेत सञ्चालन गरेर धान रोप्ने अवस्था असम्भव भएको किसानको गुनासो छ ।

त्रियुगा नगरपालिका– ४ बगाहाका शिवराम चौधरीका अनुसार विगतमा आकाशे पानी कम परेपनि खोला नालामा पानी नसुक्नाले गर्दा कूलोबाट धान रोपाइँ हुनेगरेको थियो । “तर, यस पटकको खडेरीको कारण खोलानालाको पानीको स्रोत नै सुकेकोले धान रोपाइँलाई समस्या हुने भो”, चौधरीको गुनासो छ ।

जिल्लाको बेलका नगरपालिकाको सेतीखोला, कालीखोला, लालखोला, सिसुवा खोलामा समेत पानीको स्रोत सुक्न थालेका कारण अहिले यसक्षेत्रमा कूलोबाट समेत धान रोपाइँ हुन नसकेको बेलका– ३ का धनबहादुर कार्की बताउनुहुन्छ ।

खडेरीले मकैबाली नष्ट भए पनि धान रोप्न सहज हुनसक्ने अनुमान गरेका किसान झनै खडेरीले खोलानाला सुक्न थालेपछि यस पटक धान रोप्न नपाइने समस्याले चिन्तित बन्न थालेका हुन् ।