१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

यी हुन् एमालेका पोटिलब्यूरो तथा सात वटै प्रदेशका पदाधिकारी

यी हुन् एमालेका पोटिलब्यूरो तथा सात वटै प्रदेशका पदाधिकारी
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठनसमेत गरेको छ ।  

केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिटब्यूरो गठन गरेको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । बैठकले पोलिटब्यूरो सदस्यमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानभुक्त ढकाल, मणि थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, शम्भू साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा र शेरबहादुर तामाङ चयन गरेको केन्द्रीय सदस्य महेश जानकारी दिनुभयो ।

त्यसैगरी काशीनाथ अधिकारी, हिक्मत कार्की, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लीला गिरी, जगत विक, कमल चौलागाई, बालकृष्ण ढुङ्गेल, ईश्वरबहादुर रिजाल, जीतु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, टुकराज सिग्देल र लिलानाथ श्रेष्ठलाई चयन गरेको छ ।

बैठकले खेममान खड्का, राजेन्द्र रावल, नारदमुनी राना, सूर्य थापा, मना केसी, सुशीला नेपाल, पार्वत गुरुङ, लिलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्यूत मैनाली, बिशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फूँयाल, ठाकूर गैर, तिलक मेन्यांवो, जुली कुमारी महतो, गौरी ओली, निरुदेवी पाल, बिमला घिमिरे, लिलाकुमारी भण्डारी, शान्ता चौधरी, सीता गिरी ओली, नरुलाल चौधरी, कृष्णबहादुर राई, गुलाबजङ्ग शाह र लक्ष्मी पोखरेललाई चयन गरिएको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । 

त्यसैगरी बैठकले २९ जना पुरुष र १४ जना महिलासहित ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेमा दल फडेरा, मानबीर राई, एन महर, चन्द्रमोहन श्रेष्ठ, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दङ्गाल, हरिकृष्ण ब्यञ्जनकार, सुवास देवकोटा, भिम केसी, लालबाबु पण्डितलाई मनोनित गरिएको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । 

एकता प्रक्रियाबाट आएकामध्ये चन्द्रमोहन गौतम, रेशम लामा, दुर्गा प्रसाई, चुडा तामाङ, कृष्ण केसी, गोविन्द दुलाल, सहदेव बोगटी, कालसिं काउचा, विषमलाल अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोक्का, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला पुर्जा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्याल, गीता कार्की, शान्ति अधिकारी, सरिता बराल, तारादेवी गुरुङ र रुक्मणि रानालाई मनोनित गरिएको छ । 

त्यसैगरी एमालेले सातवटै प्रदेश कमिटीमा पदाधिकारी चयन गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकले सात वटै प्रदेशको नेतृत्व परिवर्तन गर्दै नयाँ कार्य समिति चयन गरेको छ । प्रदेशमा प्रदेश अध्यक्ष पदेन केन्द्रीय सदस्य रहने गरी एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, महिलासहित दुई उपसचिव रहेको प्रदेश कमिटी गठन गरेको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । 

जसमा अनुसार प्रदेश नं १ मा अध्यक्षमा तुलसी न्यौपाने, उपाध्यक्षमा टीका चेम्जोङ, सचिवमा चिन्तन पाठक, उपसचिवमा धन तामाङ र शैलेश लामा चयन भएका छन् । प्रदेश नं २ को अध्यक्षमा रामअवतार यादव, उपाध्यक्षमा रेवती पन्त, सचिवमा डा कृष्ण पौडेल, उपसचिवमा फर्मुद नदाव र आरती भण्डारी चयन हुनुभएको छ ।

त्यस्तै वाग्मती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा महेश बर्तौला र रत्न गुरूङ चयान हुनुभएको छ । गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनन्जय दवाडी, उपसचिवमा मञ्जु अधिकारी र रश्मी आचार्य चयन हुनुभएको छ । लुम्बिनी प्रदेशमा अध्यक्षमा राधाकृष्ण कँडेल, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा लक्ष्मण आचार्य, उपसचिवमा लीला राना र दुर्गा थारू चयन गरिएको छ । 
 
बैठकले कर्णाली प्रदेश अध्यक्ष विनोद शाह, उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा कमल शाही, उपसचिवमा रूपा शाही र टेकराज पछाईं चयन भएका छन् । सुदूरपश्चिम प्रदेशको अध्यक्ष दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचिवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भगिरथी विष्ट चयन हुनु भएको छ । उपत्यका विशेष अध्यक्षमा प्रेमकुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा समिर नेपाल, उपसचिवमा चन्द्र रिजाल र उर्मिला सुनुवार चयन भएको केस बस्नेतले जानकारी दिनुभयो । 

प्रदेश सङ्गठन कमिटी आगामी माघ ८ गतेसम्मका लागि चयन गरिएको र यही कमिटीले नयाँ नेतृत्व चयन गर्ने गरी जिम्मेवारी प्रदान गरिएको बताइएको छ । आजकै बैठकले चयन भएका पोलिटब्यूरो सदस्य मध्येबाटै स्थायी कमिटी सदस्य चयन गर्ने भएको छ ।