१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

प्राविधिक कारणले मतपत्रको रङ परिवर्तन गरिएको आयोगको स्पष्टोक्ति

प्राविधिक कारणले मतपत्रको रङ परिवर्तन गरिएको आयोगको स्पष्टोक्ति
अ अ+ अ-

काठमाडौ । निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक छापबीचको ‘रङ भिन्नता’ छुट्याउन मात्र मतपत्र छपाइको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पार्नुभयो ।

आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो ९एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रीन० मसीले छपाइ गर्ने निर्णय गरेको थियो । मतपत्र छपाइको मसी परिवर्तन गर्ने आयोगको निर्णयपछि दलहरुको फरकफरक प्रतिक्रिया जनाएका छन् । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० ले मतपत्र छपाइको मसी प्रयोग गर्ने आयोगको निर्णयप्रति आशङ्का व्यक्त गरेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले मतपत्र छपाइको मसी परिवर्तन गर्नुका कारण स्पष्ट पार्नुपर्ने बताउनुभएको थियो । सहप्रवक्ता अर्यालले प्राविधिक कारणले मात्र स्थानीय तह निर्वाचनको मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको बताउनुभयो । आयोगले २०७४ सालको निर्वाचनमा मतपत्र निलो मसीले छपाइ गरेको थियो ।
 
मत्रपत्रमा छपाइ भएको चिह्न, विवरण तथा सुरक्षण चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा रातको समयमा गणना गर्न गाह्रो भएका कारण मात्र मसी परिवर्तन गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । स्थानीय तहको निर्वाचनमा एउटा मतपत्रमा मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । निर्वाचन चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा चिह्नमा छाप लागेको अवस्थामा छुट्याउन गाह्रो हुने गरेको थियो ।
 
आयोगको यस निर्णयप्रति कसैले पनि आशङ्का गर्नुपर्ने कारण नभएको उल्लेख गर्दै उहाँले कसैलाई दुविधा भए प्रष्ट पार्न आयोग तयार रहेको बताउनुभयो । मतपत्र छपाइको मसी कस्तो प्रयोग गर्ने भन्ने अधिकार आयोगको रहेको भन्दै उहाँले मसी परिवर्तन नहुने सङ्केत गर्नुभयो ।
 
 सहप्रवक्ता अर्यालले मतदाता नामावली अद्यावधिकका काम भइरहेको बताउनुभयो । आयोगले दोहोरिएको मतदाता नामावली हटाउने, नागरिकता त्याग गरेका र मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउनेलगायतका काम गरिरहेको छ ।
 
 निर्वाचन प्रयोजनका लागि आवश्यक २३ प्रकारका निर्वाचन सामग्री खरिदका लागि बोलपत्र प्रक्रिया सम्पन्न भई आपूर्तिकर्तासँग सम्झौता अगाडि बढेको उहाँले बताउनुभयो । यस्तै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली प्राप्त भएको र ती नामावलीमाथि अध्ययन भइरहेको सहप्रवक्ता अर्यालले बताउनुभयो ।
 

स्थानीय तह निर्वाचनका लागि दल दर्ताको काम भइरहेको र निवेदन प्राप्त ८० राजनीतिक दलका निवेदनमाथि अध्ययन जारी रहेको छ । आजै आयोगले राजनीतिक दल दर्तासम्बन्धी निर्णय गर्ने जनाएको छ । रासस