१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनुपर्छः सभापति देउवा

देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनुपर्छः सभापति देउवा
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनु पर्ने बताउनु भएको छ । 

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनु पर्ने बताउनु भएको हो । उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जनताले डर र त्रास मात्रै सहनुपरेको भन्दै प्रधानमन्त्री देउवाले भोलिको दिनमा कम्युनिष्टको सरकार आउन नदिन आफूलाई सभापति बनाउनुपर्ने आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले कम्युनिष्टले कुनै पनि हालतमा सत्ता कब्ज गरिरहन्छु भनेकोले काँग्रेस नभइ प्रजातन्त्र नबच्ने बताउनु भयो । उहाँले पार्टीको अधिवेशन निष्पक्ष हुने भन्दै सभापतिमा जितेपछि प्रत्येक चुनावलाई निष्पक्ष गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले पार्टीको सभापतिमा जितेपछि काँग्रेसलाई केन्द्र, प्रदेश र स्थानीय तहको सरकारमा सहज जित दिलाउने र पार्टीलाई पुरानै अवस्थामा फर्काउने पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘देशमा कम्युनिष्टको शासन आयो भने के हुन्छ ? कम्युनिष्टको शासन आयो भने अत्यन्तै डरलाग्दो अवस्था हुन्छ । प्रजातन्त्र पद्धतिमा हिँडेको छु भनेपनि कम्युनिष्मा कुनै सिद्धान्त छैन । हिजो केपी शर्मा ओलीको सरकारमा कस्तो अवस्था थियो । कस्तो डर, त्रास थियो ? भोलि यस्तै किसिमको शासन आउँछ । त्यसैले कुनै पनि हालतमा कम्युनिष्टको शासनबाट मुक्त गराउनु छ । खास गरी ओलीको शासनबाट मुक्त गराउनु छ । कम्युनिष्टले कुनै पनि हालतमा सत्ता कब्जा गरिछोड्ने धेरै ठूलो प्रयास छ । उनीहरुले बोलेका पनि छन् । त्यसैले हामी प्रजातन्त्रवादी हो । हामीले कुनै किसिमको गैर जिम्मेवारीपूर्ण काम गर्नु हुँदैन । हाम्रो अधिवेशन निष्पक्ष छ । यो अधिवेशनबाट फेरि म पार्टी सभापति भएको खण्डमा प्रत्येक चुनावहरु निष्पक्ष गराउनेछु । नेपाली काँग्रेस पार्टीलाई फेरि सरकारमा ल्याएर केन्द्रको सरकारमा, प्रदेशको सरकारमा, स्थानीय तहको सरकारमा, नेपाली काँग्रेसलाई पुरानै अवस्थामा फर्काउनेछु ।’

प्रधानमन्त्री देउवाले प्रजातन्त्र बचाउन, राष्ट्र बचाउन र पार्टीलाई सुदृढ गरेर लैजान यसपटक पार्टी सभापतिमा शेरबहादुरको विकल्प भएको बताउनु भयो । उहाँले पार्टी बलियो भयो भने मा  त्रै प्रजातन्त्र बलियो हुने भन्दै प्रजातन्त्र नै काँग्रेस र काँग्रेस नै प्रजातन्त्र भएको दाबी गर्नुभयो । प्रधानमन्त्री देउवाले काँग्रेस बलियो हुँदा प्रजातन्त्र बलियो हुने र आफू सभापतिमा चुनिए देशमा स्थायीत्व आउने बताउनु भयो । उहाँले देश अहिले महत्वपूर्ण मोडमा रहेको भन्दै देशलाई ठीक ठाउँमा ल्याउन पार्टी सभापति जित्नै पर्न आवश्यक्ता रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो पटक कुनै पनि हालतमा शेरबहादुरको लागि, पार्टीको कुरा हो यो, राष्ट्रको कुरा हो यो । प्रजातन्त्रको कुरा हो यो । त्यसकारण यो प्रजातन्त्र बचाउनु छ । प्रजातन्त्रलाई सुदृढ गरेर लैजानु छ । पार्टीलाई बलियो बनाउनु छ , पार्टी बलियो नभइकन प्रजातन्त्र मर्छ, मर्छ । त्यसकारण पार्टी बलियो हुन जरुरी छ । बलियो पार्टीले मात्रै नेपालमा बलियो प्रजातन्त्र बनाउन सक्छ । त्यसैले काँग्रेस भनेको प्रजातन्त्र हो, प्रजातन्त्र भनेको काँग्रेस हो । प्रजातन्त्र रहेको खण्डमा मात्रै देशमा कुनै किसिमको झगडा हुँदैन । देशमा स्थायीत्व हुन्छ । त्यसैले अहिले म पार्टी सभापति हुनु अति आवश्यक छ । हिजोका दिनका कुरा छोड्नुहोस् । को कसको होला, सिटौलाजी नि आज आइदिनुभयो । बिचरा, अरु साथीहरु पनि छन् । त्यसकारण अहिलेको बेला आवश्यक्तालाई हेरेर अघि बढ्नुपर्छ । अहिलेको आवश्यक्ता भनेको आएको प्रजातन्त्रलाई बचाउनु नै हो । पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति भए मात्रै स्थायीत्व आउँछ । नेपाल टर्निङ पोइन्टमा छ । महत्वपूर्ण मोडमा छ, यसलाई ठीक ठाएँमा ल्याउनको लागि मलाई सहयोग गर्नुहोला ।’

प्रधानमन्त्री देउवाले यो बेला प्रजातन्त्र बचाउन आवश्यक रहेको भन्दै आफूलाई पार्टी सभापतिमा जिताउन नेता तथा कार्यकर्ताहरुलाई आग्रहसमेत गर्नुभयो । उहाँले पार्टी सभापति त्यागेर आफूलाई सघाउन पहल गरिरहेकोमा नेता कृष्णप्रसाद सिटौलालाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री र पार्टी सभापति एउटै भएको खण्डमा मात्रै स्थायित्व हुने भन्दै यो पटक राष्ट्र, प्रजातन्त्र र पार्टी जोगाउनलाई भनेपनि आफूलाई सभापतिमा जिताउन आग्रह गर्नुभयो ।