काठमाडौं । जारी फिफा महिला विश्वकपको गोल्डेन बुटको रेसमा रहेकी अमेरिकी फुटबलर एलेक्स मोर्गन विवादमा तानिएकी छिन् । इंग्ल्याण्डविरुद्ध गोल गरेपछि दर्शक तिर फर्किएर ‘चिया खाएको’ पोज दिएपछि उनि विवादमा तानिएक हुन ।
उनले इंग्ल्याण्डका समर्थकलाई होच्चाएकी हुन् । अमेरिकाले इंग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।उनी महिला फुटबलरमा सबैभन्दा पपुलर स्टार पनि हुन् । उनका समाजिक सञ्जालमा आउने तस्बिरहरु पटक पटक भाइरल हुने गरेका छन् । खेलका साथै ग्ल्यामर दुनियामा समेत सक्रिय मोर्गनका ट्वीटरमा मात्रै ३.७४ मिलियन फ्लोअर रहेका छन्
उनले अहिलेसम्म ६ गोल गरेकी छिन् । समान ६ गोल गरेकी इंग्ल्याण्डकी खेलाडी एलेन ह्वाईट दोस्रो स्थानमा छिन् भने ५ गोलका साथ अमेरिकाकी मेगान रेपोनी तेस्रो स्थानमा छिन् ।