७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढिपीडितलाई जग्गा उपलब्ध गराएपनि जग्गा धनी पूर्जाको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना



अ+ अ-

काठमाडौं । सरकारले भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न थालेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्यमकुमारी अर्यालले गुठी, सुकुम्बासी, बाढिपीडित, अव्यवस्थित बसोबासलगायतका समस्या समाधानका लागि भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न लागिएको जानकारी दिएकी हुन् । त्यस अवसरमा मन्त्री अर्यालले भूमिहीनहरुको समस्या तत्काल समाधान हुनेगरी सरकारले आफ्नो कामलाई अघि बढाउने प्रतिवद्धता पनि दोहोर्याइन् ।

आइतबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै मुक्त कमैया, हलियाहरुको भूमि सम्बन्धि समस्या समाधान गर्न पनि सरकारले भूमिसँग सम्बन्धित सबै कानुनलाई एकीकृत गरेर अघि बढनुपर्ने निष्कर्षमा पुगेको पनि स्पष्ट पारिन् ।

बैठकमा बोल्दै समितिका सदस्य शान्ता चौंधरीले कतिपय मुक्त हलिया, कमैयाहरुलाई जग्गाको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाइन् । दुई कट्ठा जग्गा उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा गएपनि कतिपयले अझै सो जग्गा पाउन नसकेकोमा उनको आपत्ति थियो । सांसद चौंधरीले मुक्त कमैयाहरुको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई जग्गाको उचित व्यवस्था गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।सांसद चौधरीले मुक्त हलिया, कमैयाहरुमाथि विभेद नगर्न पनि सरकारलाई सचेत गराइन् ।

समितिका सदस्य दलबहादुर रानाले बाढिपीडितलाई जग्गा उपलब्ध गराएपनि जग्गा धनी पूर्जाको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।