१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक, प्रेम जोडिमा उपासना र दयाहाङ



अ+ अ-

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको छायांकन सुरु भएको डेढ महिनामै यसको टिजर सार्वजनिक भएको छ ।चलचित्र भदौ १३ गतेलाई प्रदर्शन हुने भएको छ । विवाह र अन्तरजातीय प्रेम सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

यो चलचित्रमा रामबाबु र उपेन्द्र सुब्बाको स्क्रिप्ट छ ।चलचित्रलाई मनिराम पोख्रेल, ओमचन्द रौनियार र अर्जुन कार्कीले संयुक्त रूपमा लगानी गरेका छन् । रेनशा वान्तवा राइको कोरियोग्राफर, शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको यो चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रको टिजरमा दयाहाङ राई, बिजय बराल र उपासना सिंह ठकुरीलाई मात्र देखाइएको छ । अब भदौ १३ मै रिलिज हुने अर्को चलचित्र ‘मारुनी’सँग जुध्ने भएको छ ।तिजको छेकोमा फिल्म रिलिज गर्न सधैं नेपाली निर्माताबीच हानाथाप हुने गर्दछ । विदामा फिल्म रिलिज गर्दा लगानी सुरक्षित हुने सम्भावना बढी हुन्छ । त्यसैले हरेक वर्षको तिजको विदामा ठूला नेपाली फिल्मको भिडन्त हुँदै आएको छ । गत वर्ष ुरोजु र ुरामकहानीु बक्सअफिसमा आमने/सामने भएका थिए । यस वर्ष यो परम्परा ‘मारुनी’ र ‘कबड्डी कबड्डी कबड्डी’ ले धान्ने भएका छन् । दर्शकमाझ दुबै फिल्मको व्यग्र प्रतिक्षा छ ।