७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक, प्रेम जोडिमा उपासना र दयाहाङ



अ+ अ-

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको छायांकन सुरु भएको डेढ महिनामै यसको टिजर सार्वजनिक भएको छ ।चलचित्र भदौ १३ गतेलाई प्रदर्शन हुने भएको छ । विवाह र अन्तरजातीय प्रेम सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

यो चलचित्रमा रामबाबु र उपेन्द्र सुब्बाको स्क्रिप्ट छ ।चलचित्रलाई मनिराम पोख्रेल, ओमचन्द रौनियार र अर्जुन कार्कीले संयुक्त रूपमा लगानी गरेका छन् । रेनशा वान्तवा राइको कोरियोग्राफर, शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको यो चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रको टिजरमा दयाहाङ राई, बिजय बराल र उपासना सिंह ठकुरीलाई मात्र देखाइएको छ । अब भदौ १३ मै रिलिज हुने अर्को चलचित्र ‘मारुनी’सँग जुध्ने भएको छ ।तिजको छेकोमा फिल्म रिलिज गर्न सधैं नेपाली निर्माताबीच हानाथाप हुने गर्दछ । विदामा फिल्म रिलिज गर्दा लगानी सुरक्षित हुने सम्भावना बढी हुन्छ । त्यसैले हरेक वर्षको तिजको विदामा ठूला नेपाली फिल्मको भिडन्त हुँदै आएको छ । गत वर्ष ुरोजु र ुरामकहानीु बक्सअफिसमा आमने/सामने भएका थिए । यस वर्ष यो परम्परा ‘मारुनी’ र ‘कबड्डी कबड्डी कबड्डी’ ले धान्ने भएका छन् । दर्शकमाझ दुबै फिल्मको व्यग्र प्रतिक्षा छ ।