काठमाडौं । राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजना गरिएको ‘बाटिक मेला’ सम्पन्न भएको छ । बिहीबारबाट शुरु भएको मेलामा इन्डोनेसियाली बाटिकद्धारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएका थिए ।
कार्यक्रमको नेपालका लागि इन्डोनेसियाली राजदुत रिनो पी सोएमर्मो र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए । नेपाल र इन्डोनेसियाको सांकृतिक समानताहरुलाई जनस्तरमा पुर्याउन र एकले अर्का देशका पर्यटकहरुलाई आफ्नो देशमा स्वागत गर्नका लागि यस्तो कार्यक्रमको आवश्यकता रहेको कार्यक्रममा बताइएको थियो ।
उक्त कार्यक्रमको सह आयोजक आइएमइ समूह र आइएमइ ट्राभलले गरेको थियो । उक्त मेलामा बाटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेसियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेसियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने बताइएको छ ।