१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी दुई महिनामा थप आणविक प्रतिवद्धतालाई त्याग्ने इरानको चेतावनी



अ+ अ-

तेहरान । इरानले सन् २०१५ मा विकशित राष्ट्रहरूसँग गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको सन्दर्भमा यदि इरानमाथि लगाइएको नयाँ आर्थिक नाकाबन्दी र अमेरिकी निर्णयबारे अन्य मुलुकले सक्रियतासाथ पहल नगरेमा र समाधान नखोजिएमा आगामी ‘६० दिनभित्र’ सम्झौताका थप प्रतिवद्धतालाई त्याग्न बाध्य हुने बताएको छ ।

तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओवामासहित बेलायत, फ्रान्स, चीन, रूस र जर्मनी र इरानको सहभागिता रहेको उक्त सम्झौताले खासगरी इरानको आणविक हतियारमाथिको मोहलाई नियन्त्रण गर्ने प्रावधानहरूको व्यवस्था गरिएको थियो ।

“हामीलाई लाग्छ हामी समाधान निकाल्न सक्छौँ तर यदि आगामी ६० दिनमा समाधानको उपाय अवलम्बन गरिएन भने तेहरानले तेस्रो कदम चाल्न वाध्य हुनेछ,” इरानी उप–विदेशमन्त्री अव्वास अराग्चीले तेहरानमा गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो ।

इरानले पेट्रोलियम पदार्थको विक्रीमा आएको कमीलाई प्रोत्साहन गर्नुलाई समाधान प्रयासको पहिलो शर्तका रूपमा उल्लेख गरेको छ ।

सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौतामा अमेरिकाको पनि सहभागिता रहेपनि वर्तमान् ट्रम्प प्रशासनले गत बर्षको मे महिनादेखि यसबाट फिर्ता हुने घोषणा गरेको थियो । अन्य हस्ताक्षरकर्ता मुलुकले भने सम्झौतालाई लागू गर्नुपर्ने भन्दै आएका छन् ।