७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी दुई महिनामा थप आणविक प्रतिवद्धतालाई त्याग्ने इरानको चेतावनी



अ+ अ-

तेहरान । इरानले सन् २०१५ मा विकशित राष्ट्रहरूसँग गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको सन्दर्भमा यदि इरानमाथि लगाइएको नयाँ आर्थिक नाकाबन्दी र अमेरिकी निर्णयबारे अन्य मुलुकले सक्रियतासाथ पहल नगरेमा र समाधान नखोजिएमा आगामी ‘६० दिनभित्र’ सम्झौताका थप प्रतिवद्धतालाई त्याग्न बाध्य हुने बताएको छ ।

तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओवामासहित बेलायत, फ्रान्स, चीन, रूस र जर्मनी र इरानको सहभागिता रहेको उक्त सम्झौताले खासगरी इरानको आणविक हतियारमाथिको मोहलाई नियन्त्रण गर्ने प्रावधानहरूको व्यवस्था गरिएको थियो ।

“हामीलाई लाग्छ हामी समाधान निकाल्न सक्छौँ तर यदि आगामी ६० दिनमा समाधानको उपाय अवलम्बन गरिएन भने तेहरानले तेस्रो कदम चाल्न वाध्य हुनेछ,” इरानी उप–विदेशमन्त्री अव्वास अराग्चीले तेहरानमा गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो ।

इरानले पेट्रोलियम पदार्थको विक्रीमा आएको कमीलाई प्रोत्साहन गर्नुलाई समाधान प्रयासको पहिलो शर्तका रूपमा उल्लेख गरेको छ ।

सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौतामा अमेरिकाको पनि सहभागिता रहेपनि वर्तमान् ट्रम्प प्रशासनले गत बर्षको मे महिनादेखि यसबाट फिर्ता हुने घोषणा गरेको थियो । अन्य हस्ताक्षरकर्ता मुलुकले भने सम्झौतालाई लागू गर्नुपर्ने भन्दै आएका छन् ।