७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाइपरमा लुकाएर ५ सय ग्राम सुन तस्करी



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लिलबहादुर बस्नेत रहेका छन् ।

आइतबार विशेष सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अपरेशनबाट बस्नेत सुनसहित पक्राउ गरेको हो ।

शङ्का लागेर चेकजाँच गर्दा ट्राइपोटको बटममा सुन लुकाएको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका बस्नेतको साथबाट २५–३० वटा ससाना सुन बरामद भएको प्रहरीले जनाएको छ।

उनी कतारको दोहामा तीन वर्ष वैदेशिक रोजगारीका क्रममा बसेर फर्किएका थिए । ‘फर्किने क्रममा एक जनाले डाइपर लगिदिनु भनेर निश्चित रकम दिने सर्तमा पठाएको उनले बयान दिएका छन्’, काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले भने, ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

बोगटीका अनुसार डाइपरको बटममा ‘रिङ’ बनाएर उनले सुन ल्याएका थिए । थप अनुसन्धान भइरहेको बोगटीले बताए ।

उनले आफू निर्दोष रहेको प्रहरीसमक्ष बयान दिएका छन्। बस्नेतले कतारमा आफूसँगै काम गर्ने राम बस्नेतले फसाएको बताएका छन् ।

त्यस्तै नेपालमा उनलाई सुन ओर्सान सहयोग गर्ने थप २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । तर, उनीहरूको नाम भने सार्वजानिक गरेको छैन्।

विमानस्थलको एक्सरेमा चेकजाँचका क्रममा दोहाबाटै आएका वीरबहादुर थारु पनि पक्राउ परेका छन् । भन्सार स्रोतका अनुसार उनको साथबाट करिब दुई सय ग्राम सुन बरामद भएको छ ।