१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कोपा अमेरिका: ब्राजिलले पेरुसँग खेल्दै, नवौं उपाधि कौटिन्होले उचाल्लान त ?

कोपा अमेरिका: ब्राजिलले पेरुसँग खेल्दै, नवौं उपाधि कौटिन्होले उचाल्लान त ?
अ अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०१९ को उपाधिका लागि आज ब्राजिलले पेरुसँग भिड्ने भएको छ । नेपाली समयअनुसार राति पौने २ बजेबाट खेल सुरु हुनेछ ।

खेल अघि ब्राजिलियन डिफेन्डर मार्क्युनोस स–सना कुरामा ध्यानु पर्ने बताउछन्। फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेनका ‘राइट ब्याक’ मार्क्युनोसले पेरुप्रति निकै सजक हुनु पर्नेमा जोड दिएका छन्।

‘फुटबलमा सानो कुराले धेरै असर गर्छ,’ मार्क्युनोस भन्छन्, ‘पेरु अहिले फरक अवस्थामा छ। उनीहरुलाई पराजित गर्न हामी सबैले धेरै मिहिनेत गर्नु पर्छ। किनभने फाइनल अरु खेल भन्दा फरक र कठिन खेल हो। ’

उनले फाइनलमा भावना, क्षमता र खेल कौशल देखाउनु पर्ने बताए। तीन कुरालाई सुक्ष्म विश्लेषण गरेर खेले मात्र खेल जितिने उनको भनाइ छ।ब्राजिलको टिममा नेइमार घाइते भएर उपलब्ध नभए पनि उसले उत्कृष्ट खेलिरहेको छ। ब्राजिलले अहिलेसम्म १० गोल गरेको छ भने एक गोल पनि गोल खाएको छैन।

उसलाई घरेलु मैदानको फाइदा छ। त्यसलै ब्राजिलले यसपटक कोपाको नवौं उपाधि जित्ने विश्वास गरिएको छ।

फाइनलपछि प्रशिक्षक टिटेले राष्ट्रिय टिमबाट विदा लिने बताइएको छ। तर ब्राजिल फुटबल महासंघले उनले नै टिम सम्हाल्ने बताइरहेको छ।

ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर कासेमिरोले राष्ट्रिय टिमका लागि टिटे अझै जरुरत रहेको बताएका छन्।

समूह चरणमा तेस्रो बनेर अन्तिम आठमा पुगेको पेरुका प्रशिक्षक रिकार्डो गारेकाले फाइनलमा आश्चर्यजनक नतिजा निकाल्ने विश्वास गरेका छन्।

‘जब तपाइ फाइनल पुग्नु हुन्छ। उपाधि जित्ने बाहेक अर्को विकल्प हुन्न,’ रिकार्डो भन्छन्, ‘हामीसँग उपाधि जित्न सक्षम खेलाडी छन्। पेरुका लागि उपाधि जित्ने कुनै उपयुक्त समय हो भने अहिले नै हो।’

पेरुविरुद्धको फाइनलमा ब्राजिलले अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा उत्रेका खेलाडीलाई प्राथमिकतामा राख्नेछ।

ब्राजिलका विलिय‍न हामस्ट्रिङबाट ग्रसित छन्। फर्डिनान्डो पनि मैदान फर्कन संघर्षरत छन्। यता पेरुका जोफर्सन फर्फान पेरुविरुद्ध मैदान फिट हुनेमा शंका छ।

आयोजक ब्राजिलले आफूले आयोजना गरेका सबै कोपाको उपाधि जितेको छ। त्यसैले ब्राजिल १२ वर्षपछि अर्को उपाधि जित्न चाहान्छ।

सन् २००७ पछि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन। सन् २०१३ को कन्फेडेरेसन कप र २०१६ को ओलम्पिक्समा स्वर्ण पदक जित्नु ब्राजिलको पछिल्ला उपलब्धि हो।

ब्राजिलले सन् २००७ को कोपा जित्ने क्रममा अर्जेन्टिनालाई ३–० ले हराएको थियो। त्यसअघि सन् २००४ पनि ब्राजिलले अर्जेन्टिनालाई नै सिकार बनाएर ट्रफी उचालेको थियो।

पेरु ४४ वर्षपछि कोपा अमेरिकाको फाइनलमा पुगेको हो। सन् १९७५ मा उपाधि जितेपछि पेरुले फाइनलमा स्थान बनाउन सकेको थिएन।

ब्राजिलले समूह चरणको खेलमा बोलिभियालाई ३–० , पेरुलाई ५–० गोलले हराउदा भेनेजुएलासँग बराबरीमा रोकिएको थियो । यता क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको थियो ।सेमिफाइनलमा ब्राजिलले चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिनलाई २–० ले हराएको थियो।

यता पेरुले समूह चरणको खेलमा भेनेजुएलालाई १–०, बोलिभियालाई ३–१ ले हराउँदा ब्राजिलसँग ५–० गोलले पराजित भएको थियो । यता क्वाटरफाइनलको खेलमा टाइब्रेकरमा उरूग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजले पेनाल्टी चुकाएपछि पेरु ५–४ ले विजयी भएको थियो । सेमिफाइनलमा चिलीलाई ३–० ले पराजित गरेको थियो ।