विराटनगर । सडक विस्तारको विषयमा विवाद हुँदा विराटनगरका जनप्रतिनिध कुटिएका छन् ।
विराटनगर– १५ स्थत प्रजातन्त्र मार्गको भित्री सडकमा नाला निर्माण गर्ने विषयमा विवाद हुँदा वडा अध्यक्ष असलम आलम कुटिएका हुन् ।
सडक विस्तारको विषयमा विवाद भएपछि अध्यक्ष आलम छलफलका लागि पुगेका थिए । छलफको क्रममा अन्य व्यक्तिको जग्गा थोरै क्षेत्र अधिग्रहण गरेको र आफ्नो जग्गामा करिब डेढ मिटर बढी क्षेत्र हडप्न खोजेको भन्दै विरोध गरेपछि विवाद बढेको थियो । सोही विवादका कारण अध्यक्षमाथि विजयले हेलमेट प्रहार गरेको स्थानीयले बताए ।
अध्यक्ष कुटिएपछि प्रहरीले सन्तोष साह र विजय साहलाई नियन्त्रणमा लिएको थियो । उनीहरु शनिबार साँझ नै छुटेका छन् ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले दुबै पक्षले सहमति गरेपछि मिलापत्र गराएर छाडिएको बताए ।
वडा अध्यक्ष आलमले आफूमाथि हेलमेट प्रहार भएको बताए । तर आफ्नै वडाका बासिन्दा भएका कारण मिलापत्र गरिएको बताए । आफ्नै वडाका वासिन्दा भएका कारण माफी मागेपछि मिलापत्र गरिएको आलमको भनाइ छ ।