१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सडक विस्तारको विषयमा विवाद हुँदा विराटनगरका जनप्रतिनिध कुटिए

सडक विस्तारको विषयमा विवाद हुँदा विराटनगरका जनप्रतिनिध कुटिए
अ अ+ अ-

विराटनगर । सडक विस्तारको विषयमा विवाद हुँदा विराटनगरका जनप्रतिनिध कुटिएका छन् ।

विराटनगर– १५ स्थत प्रजातन्त्र मार्गको भित्री सडकमा नाला निर्माण गर्ने विषयमा विवाद हुँदा वडा अध्यक्ष असलम आलम कुटिएका हुन् ।

सडक विस्तारको विषयमा विवाद भएपछि अध्यक्ष आलम छलफलका लागि पुगेका थिए । छलफको क्रममा अन्य व्यक्तिको जग्गा थोरै क्षेत्र अधिग्रहण गरेको र आफ्नो जग्गामा करिब डेढ मिटर बढी क्षेत्र हडप्न खोजेको भन्दै विरोध गरेपछि विवाद बढेको थियो । सोही विवादका कारण अध्यक्षमाथि विजयले हेलमेट प्रहार गरेको स्थानीयले बताए ।

अध्यक्ष कुटिएपछि प्रहरीले सन्तोष साह र विजय साहलाई नियन्त्रणमा लिएको थियो । उनीहरु शनिबार साँझ नै छुटेका छन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले दुबै पक्षले सहमति गरेपछि मिलापत्र गराएर छाडिएको बताए ।

वडा अध्यक्ष आलमले आफूमाथि हेलमेट प्रहार भएको बताए । तर आफ्नै वडाका बासिन्दा भएका कारण मिलापत्र गरिएको बताए । आफ्नै वडाका वासिन्दा भएका कारण माफी मागेपछि मिलापत्र गरिएको आलमको भनाइ छ ।