३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

फेसबुकमा साथी बनाए बलात्कार, युवतीको घाइते अवस्थामा उद्धार

फेसबुकमा साथी बनाए बलात्कार, युवतीको घाइते अवस्थामा उद्धार
अ+ अ-
सांकेतिक तस्विर

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँडामा एक दलित युवतीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय संगम राई रहेका छन् ।

राईले फेसबुकमा साथी बनाएको आधारमा चिनजान गर्दै केही समयदेखि संगत बढाएर बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

राईले खेतिको काम गरेर घर फर्कदै गरेको अवस्थामा २१ वर्षीय युवतीमाथि बलात्कार गरेको श्रेष्ठले बताए।

प्रहरीका अनुसार इलामको चुलाचुली–६ घर भएका राई मोरङको उर्लाबारीमै आफन्तको घरमा बस्दै आएका थिए। युवतीमाथि शुक्रबार राति ९ बजे बलात्कार भएको श्रेष्ठले बताए। उनका अनुसार बलात्कार गरेर घाइते बनाएर छाडेको अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए।

टाउको र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा उद्धार गरिएकी युवतीको उर्लाबारीमै उपचार भइरहेको छ ।

बल प्रयोग गरेर बलात्कार गरिरहेको स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।घटनास्थलबाट फरार रहेका राईलाई पक्राउ गरेर आइतबार जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट दुवैजनाले प्रयोग गर्ने मोबाइल, चप्पल र केही कपडा बरामद गरेको छ। डीएसपी श्रेष्ठका अनुसार बलात्कारबाट पीडित भएकी युवती मानसिक रुपमा विक्षिप्त छिन्।