१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको अडान, नेपालको असन्तुष्टि



अ+ अ-

काठमाडौं । राजनीतिक प्रतिवेदनमा सहमति जुटेपनि १३ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्य विभाजन हुन सकेको छैन । त्यस्तै, स्थानीय तहमा पनि पार्टी कमिटीले पूर्णता पाउन सकेको छैन ।

तीन महिना अघिबाट केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्नेगरी सचिवालय बैठकमा गृहकार्य भए पनि शीर्ष नेताहरुबीच सहमति जुट्न सकेको छैन । केन्द्रीय सदस्यहरुको कार्य विभाजनको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाउँदा कार्य विभाजनको काम अगाडि बढ्न नसकेको हो ।

अध्यक्ष प्रचण्डले नेतृत्वसम्वन्धी निर्णय सहमतिबाट गरिने प्रसंग दोहो(याउनुभएको छ । शीर्ष नेताहरुले नेतृत्वको लागि सहमतिमा हस्ताक्षर गरेको प्रसंग उल्लेख गर्दै पार्टी एकतामा उक्त कदम महत्वपूर्ण भएको बताउनुभएको छ ।

पार्टी एकतामा यो ठूलो काम भएको बताउँदै प्रचण्डले राजनीतिक प्रतिवेदनन हुँदा विचार, सिद्धान्तको बारेमा अन्यौलता रहेको बताउनुभयो । उहाँले पार्टी एकता घोषणा गर्दा अबको महाधिवेशन एकताकै लागि हुने भन्दै विचार, राजनीति र नेतृत्वसम्वन्धी निर्णय सहमतिबाट गरिने प्रसंग दोहोर्याउनुभयो ।

यसैबीच नेकपाका अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदनमा सहमति जुटेकाले अब प्रकाशनमा जाने बताउनु भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष ओली र आफ्नो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने सहमति भएकोमा खुसी व्यक्त गर्नुभयो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।