२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको अडान, नेपालको असन्तुष्टि



अ+ अ-

काठमाडौं । राजनीतिक प्रतिवेदनमा सहमति जुटेपनि १३ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्य विभाजन हुन सकेको छैन । त्यस्तै, स्थानीय तहमा पनि पार्टी कमिटीले पूर्णता पाउन सकेको छैन ।

तीन महिना अघिबाट केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्नेगरी सचिवालय बैठकमा गृहकार्य भए पनि शीर्ष नेताहरुबीच सहमति जुट्न सकेको छैन । केन्द्रीय सदस्यहरुको कार्य विभाजनको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाउँदा कार्य विभाजनको काम अगाडि बढ्न नसकेको हो ।

अध्यक्ष प्रचण्डले नेतृत्वसम्वन्धी निर्णय सहमतिबाट गरिने प्रसंग दोहो(याउनुभएको छ । शीर्ष नेताहरुले नेतृत्वको लागि सहमतिमा हस्ताक्षर गरेको प्रसंग उल्लेख गर्दै पार्टी एकतामा उक्त कदम महत्वपूर्ण भएको बताउनुभएको छ ।

पार्टी एकतामा यो ठूलो काम भएको बताउँदै प्रचण्डले राजनीतिक प्रतिवेदनन हुँदा विचार, सिद्धान्तको बारेमा अन्यौलता रहेको बताउनुभयो । उहाँले पार्टी एकता घोषणा गर्दा अबको महाधिवेशन एकताकै लागि हुने भन्दै विचार, राजनीति र नेतृत्वसम्वन्धी निर्णय सहमतिबाट गरिने प्रसंग दोहोर्याउनुभयो ।

यसैबीच नेकपाका अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदनमा सहमति जुटेकाले अब प्रकाशनमा जाने बताउनु भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष ओली र आफ्नो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने सहमति भएकोमा खुसी व्यक्त गर्नुभयो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।