१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसभित्र सामूहिक नेतृत्वका लागि मेरो उम्मेदवारीः डा कोइराला



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसभित्र सामूहिक नेतृत्वका लागि सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । उहाँले आज साँझ पत्रकार सम्मेलन गरी पार्टीभित्र सामूहिक नेतृत्वका लागि आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको हो । 

“पार्टीभित्र भ्रातृ तथा शुभेच्छुक संस्थालाई सुदृढ र जिम्मेवार बनाउन तथा गतिशील एवम् ऊर्जाशील कांग्रेस निर्माणका लागि उम्मेदवारी प्रस्तुत गरेका हौँ,” कोइरालाले भन्नुभयो । उहाँले पार्टीलाई जवाफदेही र पारदर्शी बनाउनका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । पार्टीभित्रको गुट, उपगुट र भागबन्डामा नलाग्न कार्यकर्तालाई कोइरालाले आग्रहसमेत गर्नुभयो । 

“पार्टी जनताप्रति उत्तरदायी हुनुपर्यो, सरकार र गठबन्धनलाई अझै मजबुद बनाउनतर्फ हाम्रो नेतृत्व लाग्नेछ, विगतको इतिहासलाई सम्झेर हामीलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो । पार्टीभित्रका अनुभवी नेताको अनुभवलाई लिएर अगाडि बढ्ने कोइरालाको भनाइ थियो ।  

उपसभापतिका उम्मेदवार डा चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार गगनकुमार थापालगायतले सोमबार हुने निर्वाचनमा कांग्रेसलाई विजयी गराउनका लागि सबैलाई समेट्ने र कांग्रेस निर्माण गर्ने बताएका थिए ।