१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ब्राजिललाई नवौं पटक कोपाको उपाधि, पेरु पराजित

ब्राजिललाई नवौं पटक कोपाको उपाधि, पेरु पराजित
अ अ+ अ-

काठमाडौं । आयोजक ब्राजिलले नवौं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

आइतबार राति माराकाना रंगशालामा भएको खेलमा गर्दै ब्राजिलले उपाधि उचालेको हो । १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो ।

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे । यता, पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए ।

खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । तर खेलको ४४औं मिनेटमा पेरुले गोल फर्काउन सफल भयो । पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरी दिलाएका थिए । खेलको पहिलो हाफमै ब्राजिलले अग्रता बनाउन सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ गोलको अग्रता दिलाए ।

खेलको ७० औ मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुग्यो । जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । २–१ गोलअन्तरले अघि रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–१ गोलको जित दिलाए ।

आयोजक ब्राजिलले आफूले आयोजना गरेका सबै कोपाको उपाधि जितेको छ। सन् २००७ पछि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको थिएन। सन् २०१३ को कन्फेडेरेसन कप र २०१६ को ओलम्पिक्समा स्वर्ण पदक जित्नु ब्राजिलको पछिल्ला उपलब्धि थियो।

ब्राजिलले सन् २००७ को कोपा जित्ने क्रममा अर्जेन्टिनालाई ३–० ले हराएको थियो। त्यसअघि सन् २००४ पनि ब्राजिलले अर्जेन्टिनालाई नै सिकार बनाएर ट्रफी उचालेको थियो।

पेरु ४४ वर्षपछि कोपा अमेरिकाको फाइनलमा पुगेको हो। सन् १९७५ मा उपाधि जितेपछि पेरुले फाइनलमा स्थान बनाउन सकेको थिएन।

ब्राजिलले समूह चरणको खेलमा बोलिभियालाई ३–० , पेरुलाई ५–० गोलले हराउदा भेनेजुएलासँग बराबरीमा रोकिएको थियो । यता क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको थियो ।सेमिफाइनलमा ब्राजिलले चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिनलाई २–० ले हराएको थियो।

यता पेरुले समूह चरणको खेलमा भेनेजुएलालाई १–०, बोलिभियालाई ३–१ ले हराउँदा ब्राजिलसँग ५–० गोलले पराजित भएको थियो । यता क्वाटरफाइनलको खेलमा टाइब्रेकरमा उरूग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजले पेनाल्टी चुकाएपछि पेरु ५–४ ले विजयी भएको थियो । सेमिफाइनलमा चिलीलाई ३–० ले पराजित गरेको थियो ।