१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कांग्रेसले चुनाव जित्न १२ लाख मतदाताको मन जित्न सक्नुपर्छः गगन थापा

कांग्रेसले चुनाव जित्न १२ लाख मतदाताको मन जित्न सक्नुपर्छः गगन थापा
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बतउनु भएको छ । 

आईतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बतउनु भएको हो । उहाँले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको बताउनु भयो । नेता थापाले काँग्रेस उज्यालो देखिने गरी आफू सहभागी नेतृत्वले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नेता थापाले भन्नुभयो, ‘यो अधिवेशन सकिनासाथ हामी अधिवेशनका सबै प्रतिनिधिहरु आ आफ्नो घर जान्छौँ । यो अधिवेशनको प्रक्रियामा करिव ९ लाख भन्दा बढी क्रियाशील सदस्यहरु सहभागि हुनुभएको छ र जसले क्रियाशील सदस्यता लिनुभयो, वडामा सहभागी हुनुभयो र विभिन्न तहमा प्रतियोगीहरु छान्नुभएको छ । यो सकिसकेपछि पार्टीलाई सुदृढ बनाउने, बलियो बनाउँछौँ । त्यसपछि हामी पार्टीलाई निर्वाचनमा लिएर जान्छौँ । 

पार्टी निर्वाचनमा जाँदै गर्दा सबै पार्टीको सदस्यलाई सोध्यो भने निर्वाचन हामी जित्नु पर्छ भन्छन् । अघि शेखर दाईले भन्नुभयो, गठबन्धन सरकारलाई लिएर निर्वाचनसम्म जाने हो । निर्वाचन एक्लै लड्ने हो जित्ने हो । तर हाम्रो गणितले हामीलाई के भन्छ भने नेपालमा कम्युनिष्ट पार्टी मिलेको अवस्था हे¥यौं, क्षेत्रिय पार्टी मिलेको अवस्था हे¥यौं, नेपाली काँग्रेसले अरु सबै बिर्सिएर निर्वाचनको मात्रै चर्चा गर्ने हो भने निर्वाचन एक्लै जित्ने हो भने अहिले भएको मतदातामा करिव १०÷१२ लाख अरु मतदाता थप्नुपर्छ । त्यसका लागि काँग्रेसमा यस्तो नेता चाहियो, जसलाई नेता र नेतृत्व यो भनेर हेर्दै गर्दा बाहिरका मानिसलाई काँग्रेसमा आउँ आउँ लागोस् ।’

नेता थापाले सफा, पवित्र र निश्चल काँग्रेस शेखर कोईरालाको नेतृत्वमा देखिने भएकोले आफूलाई जिताउन आग्रह गर्नुभयो ।