७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ : नेपाल फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । नेपालको क्रिकेट टोली एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ ।सोमबार आयोजक मलेसियालाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलमा प्रवेश गरेको हो ।

किनरारा ओभलमा आयोजना भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।नेपाली बलरहरुले कसिलो बलिङ गर्दै मलेसियालाई ४०.५ ओभरमा ८७ रनमा सिमित गर्यो ।
मलेसियाका लागि मोहमद अमिरले सर्वाधिक २४ रनको योगदान दिए ।अरु खेलाडीहरुले दोहोरो अकं छुन सकेनन् ।

मलेसियाको ब्याटिङलाई ध्वस्त गर्ने क्रममा सागर ढकालले तीन विकेट लिए भने कुशल मल्लले २ विकेट लिए ।तिलक राज भण्डारी, रसिद खान र कमल सिंह ऐरीले १–१ विकेट लिए ।

जीतका लागि ८८ रनको झिनो लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १५.५ ओभरमा ७ विकेट गुमाएर पछ्यायो ।नेपालका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । यता कप्तान रोहित कुमार पौडेलले ३१ रनको योगदान दिए ।

ओपनर पवन सर्राफले १८ रन बनाए । अब नेपालले फाईनलमा हङकङ र सिङ्गापुरको विजेतासँग भिड्नेछ ।