• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

सिन्धुलीमा ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते



सिन्धुली । सिन्धुलीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । अरु तीनजना घाइते छन् ।

सुनकोसी गाउँपालिका–६ आमपानी खोल्सीमा ढिस्कोले पुरिएर आमपानी टोल बस्ने २४ वर्षीया शर्मीला रम्तेलको मृत्यु भएको हो । घटनामा सोही ठाउँ बस्ने ३५ वर्षीया विमला रम्तेल, ५० वर्षीया सुकमाया रम्तेल र १८ वर्षीय बलराम रम्तेल घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता लोकदर्शन थापाले जाकारी दिए ।

घाइतेमध्ये विमला रम्तेलको अवस्था गम्भीर रहेको प्रवक्ता थापाले जानकारी दिए । अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।