१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बादी समुदायलाई व्यावसायिक तालीम

बादी समुदायलाई व्यावसायिक तालीम
अ अ+ अ-

जाजरकोट । माछा मारेर दैनिक गुजारा चलाउँदै आएका बादी समुदायलाई नलगाड नगरपालिकाले पेशा परिवर्तन गरी आत्मनिर्भर बन्न योजना ल्याएको छ ।

दल्लीस्थित नलगाड नदीको किनारमा अस्थायी टहरा निर्माण गरी माछा मार्दै दैनिक घरव्यवहार चलाउँदै आएका बादी समुदाय अब उद्यमशील भएर आत्मनिर्भर बन्नतर्फ स्थानीय सरकारले सहयोग गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । एक महीनाको लामो होजियारी तालीम लिएर यहाँका बादी समुदाय अहिले माछा मार्ने पेशा छोड्दै ऊनी कपडा निर्माण, झोला निर्माण गरी आत्मनिर्भरतातर्फ उन्मुख भएको उहाँले बताउनुभयो ।

सधैँ बिहानदेखि बेलुकासम्म माछा मार्ने ९पासा, जाल० सामग्री बुन्दै आएका यहाँका महिला अहिले सियो, धागो र मेसिन हातमा लिएर काममा व्यस्त हुने गरेका छन् । अब हामी सीप सिकेर आफैँ आत्मनिर्भर बन्नुपर्छ, सधैँ अर्काको भरमा पर्नु हुँदैन भन्ने चेतनाको विकास भएको नलगाड नगरपालिका–७ की निर्मला बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका र घरेलु साना उद्योग विकास समितिले सहयोग गरेपछि हामी नयाँ सीप सिकेर उद्यमी बन्ने बाटोतिर गएका छौँ ।”

त्यस्तै अर्की लक्ष्मी बादी आजभोलि आमालाई साथमा लिएर दैनिक कपडा बुन्ने काममा लाग्नुभएको छ । उहाँले पहिलो चरणमा निर्माण गरेका कपडा नगरपालिका र घरेलु उद्योग विकासका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको छ । नगरपालिका र घरेलुले संयुक्तरूपमा सहयोग गरेपछि यहाँका १० घर बादी समुदायका महिलाले अहिले नयाँ व्यवसायको थालनी गरेको अर्की भुमिका बादीले बताउनुभयो । अर्को पेशा गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभाव हुँदा दैनिक माछा मार्ने काम गरिरहेका थियौँ, त्यही माछा पनि वैशाख १ गतेदेखि नगरपालिकाले मार्न नदिएपछि हामी निरास भएको थियौँ, अब होजियारीको तालीम र सामान पाएका छौँ । अब ढुक्कसँग पेशा बदल्छौँ ।”

अहिले जलचरप्राणी नदीमा सकिएको भन्दै नलगाड नगरपालिकाले माछा मार्न प्रतिबन्ध लगाएको छ । माछा मार्ने काम ठप्प भएका बादी समुदायलाई खाद्यान्न दिएर दैनिक परिवार पाल्दै आएको नगरपालिकाले अहिले होजियारी तालीम दिएर पेशा बदल्नतर्फ प्रेरित गरेको बादी अगुवा तिले बादीले बताउनुभयो । होजियारीसँगै नगरपालिकाले मादल र लोपोन्मुख बाजा निर्माण गर्न र त्यसका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएको तिलेले बताउनुभयो ।

आउँदो हरीतालिका तिज र दशैँलाई लक्षित गरेर मादल र अन्य बाजा निर्माण गर्न नगरले सहयोग गर्ने सल्लाह पाएका बादी समुदाय अब व्यवसाय परिवर्तन गरी काममा लागेको बताउँछन् ।