११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सापकोटाविरुद्धको हत्याको मुद्दामा सर्वोच्चले मगायो सत्य निरुपणबाट निवेदन



अ+ अ-

काठमाडौं । द्वन्द्वकालमा काभ्रेको अर्जुन लामा हत्याको घटनामा मुद्दामा सर्वोच्च अदालतले पूर्वमन्त्री अग्नि सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा दिएको उजुरी मगाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आयोगमा निवेदन दिएको भए त्यसको प्रतिलिपी मगाउन आदेश दिएको हो ।

२०६२ साल वैशाख १६ गते तत्कालिन विद्रोही माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव भेटिएको थियो । उनको हत्यामा संलग्नताको आरोपमा माओवादी नेता अग्नि सापकोटासहितविरुद्ध लामाकी पत्नीले २०६९ मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतमा यसअघि २०७२ चैत १२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासले टुंगो लगाउनुपर्ने आदेश दिएको थियो ।