३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा
अ+ अ-

–नीरज गौतम

बाँके । दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । सो गाउँपालिका–२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति पु¥याएको छ । सोमबार र मङ्गलबार रातभरि परेको पानीले डुडुवामा बाढी आउँदा डुडुवा गाउँपालिकाको बेतहनीमा केही घरसमेत डुबानमा परेको अध्यक्ष चौधरीले बताए । बाढीका कारण सो गाउँपालिकाको वडा नं ३ राजारामपूर्वाका मोलहे अहिरका तीन भैँसी मरेका छन् । भैैँसीलाई बाढीले बगाएको थियो ।
यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेको राप्ती नदीमा बाढी आउन सक्ने सम्भावनाका कारण नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी गराए ।

यसैगरी नेपालगञ्जमा परेको दुई दिन देखिको अविरल वर्षाका कारण नगरका होचा बस्ती डुबानमा परेका छन् । ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका हुन् । नालाको निकास नहुँदा स्थानीय बेलासपुर, रानी तलाउ, महेन्द्रपार्क, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझालगायत क्षेत्र जलाम्य भएका छन् ।

ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगञ्ज– १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ । थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिकाले तदारुकता नदेखाएकोे स्थानीयवासीको गुनासो छ । एशियाली विकास बैंकको अर्बौं ऋण सहयोग खर्च गरेर नगरभरि सडक र नाला बने पनि डुबान समस्या समाधान नहुँदा नेपालगञ्जवासी आक्रोशित भएका छन् ।

नगर प्रमुख डा धवलशम्शेर राणाले अर्को वर्षदेखि डुबानको समस्या नरहने प्रतिक्रिया दिएका छन् । ‘नाला सफा गर्ने मेशिन किन्दैछौँ, अर्को वर्षको वर्षात्अगावै नेपालगञ्जका सबै नाला मर्मत गरेर सफाइ गरिनेछ’, नगर प्रमुख राणाले भने ।

बाँकेको कोहलपुरमा ‘हरियाली अभियान’

बाँकेको कोहलपुरमा ‘हरियाली अभियान’ कार्यक्रम सञ्चालन गरिएको छ । कोहलपुर नगरपालिका–११ को चौबाटोदेखि दक्षिण चार लेन सडकको बीच भागमा रहेको ग्रीन बेल्टमा वृक्षरोपण गरी आजदेखि अभियानको शुरुआत गरेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले इन्द्रकमलको बिरुवा रोपेर हरियाली अभियानको शुभारम्भ गरेका हुन् । सो स्थानमा प्रत्येक पाँच मिटरको दूरीमा मुसुन्डा, इन्द्रकमल, क्रोटनलगायत प्रजातिका बिरुवा रोपन गरिएको छ ।

कोहलपुर नगरपालिकालाई हरित नगरपालिका बनाउने उद्देश्यले सञ्चालन गरिएको सो अभियानअन्तर्गत यो वर्ष एक हजार बिरुवा लगाउने नगर प्रमुख रावतले बताए ।

नगरप्रमुख रावतसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारी, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक भद्र थापा, कोहलपुर नगरपालिकाका प्रेस सल्लाहाकार भीम रावतलगायतले सो स्थानमा वृक्षरोपण गरेका थिए ।

स्वास्थ्य सेवासम्बन्धी अभिमुखीकरण

कोहलपुर नगरपालिकाको संयोजन र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा कोहलपुर नगरपालिकाका वडाध्यक्ष, दलित महिला सदस्य र स्वास्थ्य चौकी प्रमुखका लागि स्वास्थ्य सेवासम्बन्धी दुईदिने क्षमता विकास तथा अभिमुखीकरण तालीम सञ्चालन गरिएको छ ।

सो दुईदिने अभिमुखीकरण कार्यक्रमका सहभागीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका विधि र पद्दतिका बारेमा जानकारी गराइने नगर प्रमुख रावतले बताए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख प्रेम केसीले अभिमुखीकरणबाट स्वास्थ्य सेवासम्बन्धी जिम्मेवारी तथा अधिकार, गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको महत्व, उपयोग र पहुँचमा अभिवृद्धि, तथ्यमा आधारित सहभागितामूलक स्वास्थ्य योजनातर्जुमा तथा पालिका र वडास्तरमा योजना तयार पार्ने प्रक्रियाका बारेमा सहभागीले जानकारी प्राप्त गर्नसक्ने बताए ।