१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

लगातारको वर्षापछि धनगढी बजार डुबानमा, सचेत रहन आग्रह

लगातारको वर्षापछि धनगढी बजार डुबानमा, सचेत रहन आग्रह
अ अ+ अ-

कैलाली । लगातारको वर्षापछि कैलालीको सदरमुकाम धनगढी बजार क्षेत्रका केही भागहरु डुबानमा परेका छन् ।

पानीको उचित निकासका लागि ढलको व्यवस्था नहुँदा निर्माणाधीन अत्तरिया–मोहना ६ लेन सडक निर्माणका कारण पनि केही भूभाग डुबानमा परेको हुन् ।पानी पर्ने वित्तिकै वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेको छ ।

केही परिवार विस्थापित भएका छन् । डुबानमा परेका घर भित्रका लत्ताकपडा, खाद्यन्न र इलोक्ट्रोनिक्स समाग्री भिजेका छन् । विशालनगरका एकसय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । कलकारखाना, उद्योग र बजार खुल्न सकेको छैन ।

त्यसैगरी कैलालीको मोहना र कर्णाली नदीमा पानीको सतह बढ्दै गएको छ । उक्त नदीका तटीय क्षेत्रमा बसेका बासिन्दा डुबानमा पर्ने डरले चिन्तित छन् ।

जिल्ला विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति एवं कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले खोलाको जलस्तर सामान्य वृद्धि भए पनि खतरामुक्त रहेको बताए ।उनले नदी किनारका बस्तीहरुलाई सचेत रहन आग्रह गरिएको बताए ।

ठूला नदीहरु कर्णाली, मोहना, पथरैया, गौरिगंगालगायतमा जलस्थर बढ्न सक्ने भन्दै ती नदी किनारका बस्तीहरुलाई सतर्क रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए । कर्णाली र मोहना तटीय क्षेत्रमा जिल्लाका दुई दर्जन भन्दा बढी गाविस पर्छन् ।

कर्णालीको जलस्तर बिहीबार विहानसम्म ६.५४ रहेको चिसापानीस्थित कर्णाली नदी मापन केन्द्रले जानकारी दिएको छ ।कर्णाली नदीमा १५ मिटर माथिको पानीको सतह पुगेपछि गाउँमा खतराको साइरन लाग्ने गरेको छ । मोहना नदीमा ९ मिटर पुगेपछि साईरन बज्छ ।