१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्तकी आमा भिमदत्त नगरपालिकाले दियो जागिर



अ+ अ-

महेन्द्रनगर । गतबर्ष करणी पछि मारिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई कन्चनपुरकै भिमदत्त नगरपालिकाले कार्यलयमा सहयोगीमा जागिर दिएको छ ।

केही महिना अघिबाटै दुर्गादेवी पन्तले आफुलाई परिवार धान्न गाह्रो भएको भन्दै नगरपालिका कार्यालयमा निवेदन दिँदै आएकोले नगरपालिकाको निर्णय अनुसार नै उनलाई जागिरका लागि नियुक्त गरिएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए ।

मेयर विष्टका अनुसार उनका पति अर्की श्रीमतीसँग फरक बसेकाले आफुलाई घरपरिवार धान्न गाह्रो भएको बताउदै आएकी उनलाई जागिर दिइएको हो । अब पन्तले दैनिक हाजिरीको आधारमा पारिश्रमिक पाउनेछिन् ।