७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई बास्कोटाको प्रश्न : दिनभरि वीपी, रातभरि विप्लव हो ?



अ+ अ-

काठमाडौं । सरकारमा प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई कांग्रेसले एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पट हुनुपर्ने बताएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई आग्रह गरे ।

उनले भने, ‘हिंसाबारे कांग्रेसको धारणा के हो ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’उनले अघि भने, ‘दिनभरि वीपी रातभरि विप्लव हो ?’

हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्न खोज्छु भन्ने सोचेको हो भने कोही पनि नउम्कने उनले बताए ।

यता सरकारदले गत असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने सरकारले निर्णय गरेको छ।

सरकारका प्रवक्ता बास्कोटाले सिंहको परिवारलाई राहत दिने र घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचारका क्रममा भएको खर्चको भएको बिल सरकारले तिरिदिने निर्णय भएको बताए।

सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो। मृतकका परिवार र गाउँलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो। जसमा सरोज सिंहको टाउकोमा गोली लागेको थियो।