११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

इङल्यान्ड विश्वकप क्रिकेटकाे फाइनलमा प्रवेश, अस्ट्रेलिया ८ विकेटले पराजित

इङल्यान्ड विश्वकप क्रिकेटकाे फाइनलमा प्रवेश, अस्ट्रेलिया ८ विकेटले पराजित
अ अ+ अ-
AP/RSS Photo/Aijaz Rahi

काठमाडौंः इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक इङल्यान्ड प्रवेश गरेको छ । बर्मिङघममा बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया ८ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले सबै विकेट गुमाएर ४९.१ ओभरमा २२३ रनको मध्यम स्कोर बनाएको थियो । अस्ट्रेलियाका लागि स्टिभन स्मिथले ८५ रनको महत्वपूर्ण पाली खेलेका थिए । खेलको शुरुमै कप्तान आरोन फिन्च, खतरनाक ब्याट्सम्यान डेभिड वार्नर र पिटर ह्यान्ड्सकम्बलाई गुमाएको अस्ट्रेलियाले एक समय २०० रन पनि बनाउन मुश्किल पर्ने अवस्था देखिएको थियो ।

तर स्मिथ, जेम्स केरी र ग्लेन म्याक्सवेलले टिमको स्कोरलाई सम्मानजनक स्थितिमा पु(याएका थिए ।

जवाफमा २२४ रनको मध्यम स्कोर इङल्यान्ड ३२.१ ओभरमा २ विकेटको क्षतिमा पुर्याएको थियो । इङल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान जेसन रोयले धुँवाधार ब्याटिद्ध गरेका थिए । उनी ८५ रनमा अम्पायर कुमार धर्मसेनाको गलत निर्णयका आधारमा विवादास्पद रुपमा आउट भएका थिए ।

तर इङल्यान्डका कप्तान इयोन मोर्गन र जो रुटले खेललाई सहज रुपमा अगाडि बढाउँदै निर्धारित लक्ष्य पूरा गरेका थिए ।

अब फाइनल खेल आगामी आइतबार इङल्यान्ड र न्यूजील्यान्डबीच नेपाली समय अनुसार अपराह्न ३.१५ बजे हुनेछ । यी दुबै टिमले हालसम्म विश्वकप क्रिकेट जितेका छैनन् । त्यसर्थ जसले जिते पनि पहिलो उपाधि प्राप्त गर्नेछन् ।