७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङल्यान्ड विश्वकप क्रिकेटकाे फाइनलमा प्रवेश, अस्ट्रेलिया ८ विकेटले पराजित



अ+ अ-
AP/RSS Photo/Aijaz Rahi

काठमाडौंः इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक इङल्यान्ड प्रवेश गरेको छ । बर्मिङघममा बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया ८ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले सबै विकेट गुमाएर ४९.१ ओभरमा २२३ रनको मध्यम स्कोर बनाएको थियो । अस्ट्रेलियाका लागि स्टिभन स्मिथले ८५ रनको महत्वपूर्ण पाली खेलेका थिए । खेलको शुरुमै कप्तान आरोन फिन्च, खतरनाक ब्याट्सम्यान डेभिड वार्नर र पिटर ह्यान्ड्सकम्बलाई गुमाएको अस्ट्रेलियाले एक समय २०० रन पनि बनाउन मुश्किल पर्ने अवस्था देखिएको थियो ।

तर स्मिथ, जेम्स केरी र ग्लेन म्याक्सवेलले टिमको स्कोरलाई सम्मानजनक स्थितिमा पु(याएका थिए ।

जवाफमा २२४ रनको मध्यम स्कोर इङल्यान्ड ३२.१ ओभरमा २ विकेटको क्षतिमा पुर्याएको थियो । इङल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान जेसन रोयले धुँवाधार ब्याटिद्ध गरेका थिए । उनी ८५ रनमा अम्पायर कुमार धर्मसेनाको गलत निर्णयका आधारमा विवादास्पद रुपमा आउट भएका थिए ।

तर इङल्यान्डका कप्तान इयोन मोर्गन र जो रुटले खेललाई सहज रुपमा अगाडि बढाउँदै निर्धारित लक्ष्य पूरा गरेका थिए ।

अब फाइनल खेल आगामी आइतबार इङल्यान्ड र न्यूजील्यान्डबीच नेपाली समय अनुसार अपराह्न ३.१५ बजे हुनेछ । यी दुबै टिमले हालसम्म विश्वकप क्रिकेट जितेका छैनन् । त्यसर्थ जसले जिते पनि पहिलो उपाधि प्राप्त गर्नेछन् ।