१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सरोकारवाला भन्छन् : खपत बढ्दै गए ऊर्जामा भएको लगानी जोखिममा पर्दैन

सरोकारवाला भन्छन् : खपत बढ्दै गए ऊर्जामा भएको लगानी जोखिममा पर्दैन
अ अ+ अ-

काठमाडौँ।  नेपालको ऊर्जा क्षेत्रमा हालसम्म भएको लगानीको संरक्षण गर्दै थप विस्तारका लागि पनि आन्तरिक खपत बढाउँदै भारत र बङ्गलादेशमा समेत बिक्री गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

मुलुकको प्रणालीमा दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध हुँदा नै रातको समयमा खेर जानु तर खपतको मात्रामा गुणात्मक वृद्धि नहुनुले यस क्षेत्रमा भएको लगानी जोखिममा त पर्ने होइन भन्ने चिन्ता व्यक्त भइरहेको छ ।
 
ऊर्जा उद्यमीहरुका अनुसार हालसम्म नेपालको ऊर्जा क्षेत्रमा रु छ खर्ब बराबरको लगानी भएको छ । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार निश्चित प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । कूल जडित क्षमताको असाध्यै न्यून मात्रामा बिजुली उत्पादन हुँदा नै खेर जाने अवस्था आएपछि यस क्षेत्रमा लगानी गरिरहेका उद्यमी एवं सरोकारवालाले सबै क्षेत्रले सकारात्मक उद्देश्यका साथ पहल गरेका खण्डमा बजार विस्तार हुने बताउनुभएको हो ।  

सरकारले नीतिगत व्यवस्था गर्दै सहज वातावरण बनाउने, निजी क्षेत्रले अवसरको खोजी गर्ने तथा अन्य निकायले आआफ्नो जिम्मेवारी पूरा गरेका खण्डमा आन्तरिक खपत पनि क्रमशः वृद्धि हुने र विदेशमा समेत बिक्री हुने उहाँहरुको भनाइ छ ।

देशभित्र विद्युतीय सवारी साधनको उपयोगमा वृद्धि, औद्योगिक क्षेत्रमा क्षमता विस्तार एवं हरेक घरमा विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिएको खण्डमा आन्तरिक खपतमा उल्लेख्य वृद्धि हुन जान्छ । इपानका उपाध्यक्ष आशिष गर्गले त सबै क्षेत्रले सकारात्मक पहल गरेका खण्डमा आगामी तीन वर्षभित्र पाँच हजार मेगावाट बिजुली देशभित्रै खपत हुनसक्ने तथ्याङ्क नै पेश गरिसक्नुभएको छ । उहाँले उद्योग र घरायसीरुपमा दुई÷दुई हजार मेगावाट र विद्युतीय सवारीको चार्जिङका लागि एक हजार मेगावाट बिजुली खपत हुन सक्ने बताउनुभएको थियो ।
    
आन्तरिकरुपमा बिजुलीको खपत बढ्दै नबढेको भने होइन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक वर्ष २० देखि २५ प्रतिशतको दरमा आन्तरिकरुपमा बिजुलीको खपत बढेको छ । जबकी भारतमा त्यत्रो ठूला जनसङ्ख्या हुँदासमेत वार्षिक पाँच प्रतिशतको हाराहारीमा मात्रै बिजुलीको खपत बढ्ने गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले पछिल्ला दिनमा उद्योगमा नै १०० मेगावाट बराबरको लोड बढेको जानकारी दिनुभयो । “लोड क्रमशः बढ्दै जाने र एकैपटक बढी हाल्दैन, पछिल्ला दिनमा हामीले निरन्तर प्रयास गर्दा केही सफलता हासिल भएको छ । तर, यसमा सबैको साथ र सहयोग जरुरी छ”, उहाँले भन्नुभयो ।

होङ्सी सिमेन्टमा ३० मेगावाट बराबरको क्षमता उपलब्ध भए पनि १० देखि १२ मेगावाट बराबर मात्रै बिजुली लिइरहेको छ । यस्तै हुवासिनले उद्योग चलाइहाल्ने भनेर चाडबाडका समयमा मस्र्याङ्दी काठमाडौँ लाइन बन्द गरेर काम गरेर लाइन जोडिएको प्राधिकरणले जनाएको छ । अझै सो उद्योग पूर्णरुपमा सञ्चालनमा आउन केही समय लाग्छ ।

कार्यकारी निर्देशक घिसिङले हिउँदको पाँच महिनाको समय हामीलाई आन्तरिक बजार विस्तार गर्ने र वैदेशिक बजार खोज्नका लागि पर्याप्त समय उपलब्ध भएकाले सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह ऊर्जा क्षेत्रमा भएको लगानीमा कुनै समस्या आउनेबित्तिकै त्यसको प्रभाव हरेक घर घरमा पर्ने बताउनुहुन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा लगानी गरेको छ । बैंकमा रहेको पैसा निक्षेपकर्ताको हो । निक्षेपकर्ताको पैसामा समस्या आए त्यसले पर्ने प्रभाव असाध्यै ठूलो र दीर्घकालीन हुने प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ छ ।
    
जलविद्युत् क्षेत्र धरासयी भए धान्नै नसकिने अवस्था आउने उहाँको चिन्ता छ । “सिमेन्ट उद्योग सबै टाट पल्टिँदा पनि बैंकलाई फरक पर्दैन । होटल सबै टाट पल्टिँदा पनि बैंकलाई फरक पर्दैन । तर जलविद्युत् क्षेत्र टाट पल्टिँदा भने बैंकिङ क्षेत्र नै धरासयी हुन्छ”, उहाँले भन्नुभयो, “हिजो विद्युत् खपत कम गर भन्ने प्राधिकरण आज विद्युत् किनिदेउ भन्दै उद्योगको दैलोमा पुग्दैछ । यस अवसरलाई हामी सबैले सदुपयोग गरौ ।”

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपालका अध्यक्ष कृष्ण आचार्य कुनै समय नेपालमा विद्युत्भार कटौती अन्त्य भयो भने पानीमा डुबेर मर्छौं भन्ने मान्छे यही रहेको भन्दै हामी खपत गर्न सक्दैनौँ भनेर अलमलिएका भन्दै योजना बनाउनुपर्ने बताउनुहुन्छ । “अहिले विद्युत्को युगमा हामीले डिजेलबाट चल्ने रेल ल्याएको भन्दै विद्युत् खपत बढाउने दिशामा सरकार गम्भीर भएन”, उहाँले भन्नुभयो । निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति तत्काल दिनुपर्ने उहाँको भनाइ छ ।

नेपालका निजी क्षेत्रले भारतका निजी क्षेत्रसँग मिलेर बिजुलीको व्यापारका लागि मार्ग प्रशस्त गर्नसक्ने भन्दै उहाँले अनुमति दिने काममा ढिलाइ नगर्न आग्रह गर्नुभयो । भारत निर्यात गरिरहेको प्राधिकरणले आन्तरिकरुपमा नै आवश्यक परेकाले अघिल्लो सातादेखि बन्द गरेको छ । भारतबाट औसतमा ६० देखि ७० मेगावाट बराबरको बिजुली आयात भइरहेको छ ।  – रासस