१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान घट्यो यस्तो घटना



अ+ अ-

धरान । उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको वार्डबाट १३ दिनको शिशु चोरी भएको थियो ।

पक्राउ पर्नेमा भारत नयाँदिल्ली फरीदावाद घर भई हाल धरान–५ देवीगाउँ माइती घरमा बस्दै आएकी २७ वर्षीया लीला विश्वकर्मा र उनकी भाउजु नाता पर्ने धरान–१५ बगरकोट बस्ने ४२ वर्षीया मीना लिम्बू (विश्वकर्मा) लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–१ का जितनारायण मेहता र बबिता मेहताको १३ दिनको शिशु ९छोरा० उनीहरुले चोरी गरेका थिए । बबिताले असार १३ गते छोरा जन्म दिएकी थिइन् । आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुको वार्डमै राखेर उपचार भइरहेको थियो । सबै निदाएको मौका छोपी लीलाले आफ्नी भाउजुलाई बोलाएर शिशु चोरी गरेकी थिइन् । केही दिन अगाडिदेखि सुत्केरी तथा बच्चाको रेखदेखको बहानामा अस्पतालको गाइनो वार्डमा बस्दै आएकी लीलाले सबै निदाएको बेला भाउजु मीनालाई बोलाएर लगिएको पाइएको प्रनाउ न्यौपानेले बताउनुभएको छ ।

बिहीबार दुवैविरुद्ध मानव अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रनाउ न्यौपानेले जानकारी दिनुभयो ।