११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल

पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल
अ अ+ अ-

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको हो ।

काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्ति र धेरै सवारीसाधनका कारण उक्त समस्या उत्पन्न भएको छ । चाबहिल–साँखु, कलङ्की–नागढुङ्गा, बल्खु–दक्षिणकाली, सामाखुशीचोक–टोखा र भित्री सडकमा पानी जमेका कारण यातायात सञ्चालनमा कठिन बन्न पुगेको हो । काठमाडौँ उपत्यकामा विसं १९५८ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारीसाधन बोकाएर काठमाडौँ ल्याएका थिए । सर्वसाधारणमा गोपाल खोपासीले विसं १९७० को दशकमा सवारीसाधन भित्र्याएर प्रयोग गरेका थिए । काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै सवारीसाधनको सङ्ख्या पनि अत्यधिकरूपमा बढेर गएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३४ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सवारीसाधन रहेको पाइन्छ । विसं २००४ देखि सवारीसाधन दर्ता प्रक्रिया शुरु भए पनि विसं २००७ बाट मात्र ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको थियो । कम बाटो र सीमित सवारीसाधनका कारण विसं २०१२ मा केन्द्रीय ट्राफिक कम्पनीका रूपमा १२५ को सङ्ख्यामा ट्राफिक प्रहरीले काम गर्ने गरे पनि हाल एक हजार ३४६ ट्राफिक कार्यरत रहेको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो । “उपत्यकामा दिनानुदिन जनसङ्ख्या र बस्ती बढेको छ, सडक विस्तार र सडक पूर्वाधार निर्माण हुनसकेको छैन, यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्दा ट्राफिक व्यवस्थापन जटिल हुँदै गएको छ”, उहाँ भन्नुहुन्छ । महाशाखाका प्रमुख पन्त काठमाडौँमा सवारीसाधनको चापअनुसार ट्राफिक खटाउने हो भने दुई हजारभन्दा बढी जनशक्ति आवश्यक पर्ने बताउनुहुन्छ । अहिले एक हजार ८५ को दरबन्दी महाशाखामा भए पनि देशभरबाट तालीममा आएका ट्राफिकलाई समेत काममा खटाउनुपर्ने बाध्यता छ ।

महाशाखाले उपत्यकाको ट्राफिक दरबन्दी थप गर्न प्रहरी प्रधान कार्यालयलाई पत्रसमेत पठाइसकेको छ । उपत्यकाका थापाथली, केशरमहल, नयाँबानेश्वरलगायत मुख्य चोकमा कार्यालय सञ्चालन भएको दिनमा अहिले पनि तीनदेखि पाँच मिनेटसम्म सवारीसाधन रोकिनुपर्ने हुन्छ । केन्द्रीय ट्राफिक कम्पनीका रूपमा रहेको महाशाखा विसं २०४९ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयका रूपमा रहेको थियो । विसं २०४९ मा स्थापना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय विसं २०६३ मा आएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका रूपमा स्थापना भएको हो । विसं २०५४ देखि विभिन्न क्षेत्र तथा जिल्ला कार्यालय खोलेर काम गरेको ट्राफिकले काठमाडौँ उपत्यकामा मात्र ४० स्थानमा विभिन्न कार्यालय खोलेर सेवा दिइरहेको छ ।

हाल एक ट्राफिकले दैनिक आठ घण्टादेखि १४ घण्टासम्म काम गर्नुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ । देशभर झण्डै तीन हजार ट्राफिक प्रहरीले काम गर्दै आएका छन् । महाशाखाले काठमाडौँ उपत्यकाको सवारी दुर्घटना न्यूनीकरण गर्दै लैजाने, सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भएर गर्ने, समयानुकूल ट्राफिक सङ्गठन परिवर्तन गर्दै लैजाने, ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाउने मूल्य र मान्यताअनुसार काम गरिरहेको महाशाखाका प्रवक्ता रविकुमार पौडेल बताउनुहुन्छ । काठमाडौँ उपत्यकाभित्र हाल एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक भए पनि सवारीसाधन ओहोरदोहोर गर्ने मुख्य सडक भने ४०० किलोमिटरदेखि ५०० किमी रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउन विभिन्न सरोकारवाला निकायको सहकार्यमा तीनमहीने कार्ययोजना सञ्चालन गरेको छ । तीनमहीने कार्ययोजनाअनुसार करिडोर निर्माण, फुटपाथ व्यवस्थापन, जेब्राक्रसिङ निर्माण, चालकलाई जनचेतनामूलक कक्षा सञ्चालनलगायतका काम गर्दै आएको छ । हाल महाशाखाले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारवाही, लेन अनुशासन कारवाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारवाही गर्न कडाइ गरेको छ । ट्राफिकले आफू चढेको सवारीसाधनबाट उपत्यकाको सवारी व्यवस्थापन, वडिवन क्यामेरा, ड्रोन क्यमेरामार्फत सवारीसाधन व्यवस्थापन गर्दै आएको छ । सवारीसाधन दिनानुदिन भित्रिँदै जाने र आवश्यक पूर्वाधार नहुँदा उपत्यकाको ट्राफिक व्यवस्था झन् जटिल बन्दै जाने महाशाखाले जनाएको छ ।