३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

तपाइको यो साता कस्तो छ ? हेर्नुहोस यी राशीको चम्कीने छ भाग्य, कतै तपाईको राशी त परेन !

तपाइको यो साता कस्तो छ ? हेर्नुहोस यी राशीको चम्कीने छ भाग्य, कतै तपाईको राशी त परेन !
अ+ अ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : लेनदेनमा सजकता अपनाउनु पर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मध्य साताबाट मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आकस्मिक धन लाभ हुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । साताको अन्त्यमा समय प्रतिकुल भई मुद्धा मामिलापनि लाग्न सक्नेछ । कुलतमा मन जानेछ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): भाग्यले विभिन्न अवसर जुराउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धर्म, तथा समाजसेवामा मन लाग्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतःप्रेममा सफलता प्राप्तिको योग छ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । पारिवारसंग रमाइलो भेटघाट हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । साताको अन्त्यमा मनमा दुविधा उत्पन्न हुनेछ । चुनौतीको सामना गर्नुपर्ला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । पारिवारसंग रमाइलो भेटघाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आँटेको र ताकेको कार्य पुरा होला । टाढिएका मित्रसँग नजिकिने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मध्य सातामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । झैँ–झमेलाको अवस्था आउला । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मध्य सातामासाथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग पहेंलो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : घरमा अतिथीको आगमन हुनेछ । नयाँ कार्यमा सफलता पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग कालो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : रमणीय र सुखद् यात्राको योग छ वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । साताको अन्त्यमा भने केहि कठिनाइको सामना गर्नुपर्ला साथै आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल