८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी, पहिरो पीडितको उद्धार र राहतमा जुट्न नेता कार्यकर्ताहरुलाई नेकपाको निर्देशन



अ+ अ-

काठमाडौं ­­। सत्तारुढ नेकपाले बाढी, पहिरो पीडितको उद्धार र राहतमा सक्रियतापूर्वक जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनहरुलाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिएका हुन् ।

‘अविरल बर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट हाम्रो पार्टी अत्यन्त दुःखी भएको छ । दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने दिदी–बहिनी तथा दाजुभाइहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, यसक्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको भन्दै पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरुलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न अग्रह गरिएको छ ।

हेर्नहोस् ओली र प्रचण्डको संयुक्त विज्ञप्ति