११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

नेयमार बार्सिलोना फर्कने सम्भावना न्यून !

नेयमार बार्सिलोना फर्कने सम्भावना न्यून !
अ अ+ अ-

काठमाडौं । बार्सिलोनाका लिजेण्ड जाभीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार बार्सिलोना फर्कने सम्भावना कठिन रहेको बताएका छन् । तर यो जटिल विषय भएको उनले जनाएका छन्।

सन् २०१७ मा र्कीतिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पीएसजी गएका नेयमार बार्सिलोना फर्किएमा अविश्वसनीय हस्ताक्षर हुने जाभीले बताए ।

जाभीले मार्कासँग भने,‘नेमारको अनुबन्ध अविश्वसनीय हुनेछ।’ ‘तर म यो सहज देख्दिन। साँच्चैभन्दा यो गाह्रो विषय हो।’ जाभीले भने,‘पीएसजीले २२२ मिलियन युरोभन्दा बढी मागिरहेको छ। नेमार विश्व उत्कृष्ट हुन भन्नेमा शंका छैन। तर हेरौं बार्साले के गर्छ।’

बार्सिलोनाले नेयमारलाई फर्काउन पीएसजीसँग आफ्ना ४ जना खेलाडीको लिस्ट दिनुपर्ने छ । त्यसबाट पिएसजीले ३ जना खेलाडी रोज्न पाउनेछ । जसमा ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो, फ्रेन्च विंगर उसामान डेम्बेले, पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडो र फ्रेन्च डिफेन्डर सामुएल उम्टिटी रहनेछन् । त्यति मात्रै हैन, माथिका ४ जना खेलाडीमध्ये ३ जना खेलाडी दिएर बार्सिलोनाले पीएसजीलाई केही सरुवा फी समेत तिर्नु पर्ने देखिन्छ ।

स्पेनिस मिडियाहरु समेत नेयमार क्याम्प नाउ फर्कनेमा कम सम्भावना रहेको बताउछन् । यता बार्सिलोनाले फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ ।बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) ग्रिजम्यानसँग सम्झौता गरेको हो।

जाभीका अनुसार एकै सिजन एक क्लबले दुई ठूलो अनुबन्ध गर्न कठिन विषय हो। त्यसैले नेमारको पुनर्आगमन उनको नजरमा जटिल विषय हो।

जाभीले नेयमार विश्वको उत्कृष्ट खेलाडी भएकोमा कुनै शंका नभएको समेत बताए । ‘कुनै शंका छैन उ विश्वको उत्कृष्ट खेलाडी मध्ये एक हुन्, तर हेरौं बार्सिलोनाले के गर्छ,’ जाभीले भनेका छन् ।

नेयमार गएको महिनादेखि नै बार्सिलोना र्फकने कसरतमा रहे पनि ठूलो आर्थिक कारोबारका कारण अवस्था कठीन बनेको छ ।

यस्तोमा बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले पनि नेमार ल्याउन सहज नरहेको धारणा सार्वजनिकरुपमा नै बताएका छन् । कार्डोनरका अनुसार नेयमार बार्सिलोना फर्किन चाहे पनि पिएसजीसँग कुनै कुरा भएको छैन।

‘नेयमार बार्सिलोना आउन चाहन्छन्, यो हो । तर बार्सिलोनाले उनलाई भित्र्याउन कुरा गरेका छैन’ उनले भनेका छन् ।लियोनल मेस्सी लगायत बार्सिलोनाका खेलाडीले नेयमारसँग पूनः सँगै खेल्न पाउने आश देखाएका छन्। तर उपाध्यक्ष कार्डोनरले नेयमारलाई भित्राउनेबारे अनौनपचाकि रुपमा पनि छलफल सुरु नभएको बताएका छन्।

सन् २०१७ मात्रै नेयमार पिएसजीसँग आवद्ध भएका थिए । नेयमार बार्सिलोना छाडेर पीएसजी गए, त्यसबेला सम्बन्ध तिक्ततापूर्ण थियो । त्यसतर्फ संकेत गर्दै उनले भने, ‘नेयमारले क्लब छाड्दाका धेरै कुरा छन्, जुन हामीलाई मन परेको छैन । धेरै कुरा सुल्झन बाँकी छ ।’

उनले नेयमार मात्र नभई थुप्रै स्टार खेलाडीहरु क्लबमा आउन चाहेको समेत दाबी गरेका छन् ।यदि नेयमार पुनः बार्सिलोना फर्किए वार्षिक तलबमा समेत कटौती हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

उपाध्यक्षले यस्तो बताइरहे पनि बार्सिलोना नेमारलाई ल्याउन सकिने आधारहरुको खोजिमा भने लागिरहेको छ । पीएसजीलाई कसरी मिलाउन सकिन्छ भन्नेमा बार्सिलोना बोर्डले हरेक दिन छलफल गरिरहेको छ ।

पीएसजी नै पनि नेयमारलाई बेच्न राजी नै देखिन्छ । तर पीएसजीका अध्यक्ष नासेर अल खेलाफी नेयमारलाई किनेको भन्दा कममा बेच्न तयार छैनन् । उनले नेयमारलाई अर्के सिजनमा भन्दा यो सिजन नै बेच्न उपयुक्तसमेत ठानेको बताएका छन् ।

मैदानमा पेनाल्टी र फ्रिकिककै लागि नेयमार र एमबाप्पेबीच प्रतिस्पर्धाको अवस्था आउने भएमा प्रशिक्षक थोमसलाई अझ कठीन हुँदै जाने छ । यसैले थोमसले भनेका छन्, ‘यदि कोही जान चाहन्छ भने उसको लागि बाटो खुला छ ।’अध्यक्ष खेलाफीले पनि भनेका छन्, ‘हामी अब कोही ‘सेलिब्रिटी’ चाहँदनौं, जो योजना मान्न तयार छैनन्, उसले छाड्न सक्छ ।’

यसैले बार्सिलोना नेयमारलाई ल्याउन ठूलो रकम खर्चने सँगै अरु कुन उपाय हुनसक्छ भन्ने खोजिमा लागेको हो । यसमा नेयमार नै पनि पर्ख र हेरको स्थितिमा छन् । केही बोलिदिँदा अवस्था बिग्रन सक्ने उनले राम्ररी बुझेका छन् ।

बार्सिलोना आउन आफूले बनाउन सक्ने सकारात्मक वातावरण बनाउन नेयमार लागिरहेका छन् । बार्सिलोनाका साथीहरुसँगको कुराकानी पनि उनले आफू बार्सिलोना आउन लागिपरेको बताएका छन् ।

हाल नेयमारले पिएसजीबाट खेल्दा वार्षिक ३६.८ मिलियन युरो कमाउँछन् । तर यदि बार्सिलोना फर्किए भने उनको वार्षिक तलब घटेर २४ मिलियन युरो हुन सक्ने स्पोर्टसले जनाएको छ । गत हप्ता म्यान्चेष्टर युनाइटेडले पल पोग्बाको स्थानमा नेयमारलाई भित्र्याउने चाहना राखेको थियो । तर पिएसजीले उच्च रकम अफर गरेपछि युनाइटेड पछि हटेको थियो ।