१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बार्सिलोनाले ग्रिजम्यानलाई अवैधानिक रूपमा भित्र्याएको मड्रिडको आरोप

बार्सिलोनाले ग्रिजम्यानलाई अवैधानिक रूपमा भित्र्याएको मड्रिडको आरोप
अ अ+ अ-

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले एकपक्षीय रूपमा एन्टोइन ग्रिजम्यानलाई बार्सिलोनाले अनुबन्ध गरेको आरोप लगाएको छ ।

विज्ञप्ति जारी गर्दै एट्लेटिको मड्रिडले एकपक्षीय रूपमा ला लिगाको कार्यालयमा रकम जम्मा गरेर खेलाडी भित्र्याएको घोषणा गरेकोले बार्सिलोनको कदम वैधानिक नभएको तर्क उसको छ ।

एथ्लेटिकोले बार्सिलोना र आफूहरूबीच गत जुलाई १ मा ग्रिजम्यानका लागि रिलिज क्लज २०० मिलियनबाट १२० मिलियनमा झार्ने सहमति भएपनि खेलाडी सरुवा दुई क्लबको साझा समझदारीमा मात्रै हुने बताएको छ ।

२८ वर्षीय ग्रिजम्यानसँग बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) मा शुक्रबार अनुबन्ध गरेको घोषणा गरेको थियो । उसले ग्रीजम्यानसँग ५ वर्षका लागि सम्झौता गरेको छ ।

लामो अन्यौलतापछि एथ्लेटिको मड्रिडका ग्रिजम्यान नाउ क्याम्पमा आउने भएका हुन् । २८ वर्षीय विश्वकप विजेताले स्पेनिस च्याम्पियनसँग ५ वर्षे सम्झौता गरेका छन् ।उनको रिलिज क्लज ८ सय मिलियन युरो रहेको छ।

रियल सोसिडाडबाट २०१४ मा एथ्लेटिको मड्रिडमा आएका ग्रिजम्यानले २५६ खेलमा १३३ गोल गरेका छन् । उनले जुन २०१८ मा नयाँ सम्झौता गरेका थिए तर, गत मेमा क्लब छाड्ने घोषणा गरेका थिए ।

तर, एथ्लेटिकोले भने आफ्ना स्टार खेलाडीको मूल्य १२० मिलियन आफूलाई चित्त नबुझेको भन्दै २०० मिलियन नै तिर्न भनेको छ ।

यससँगै ग्रिजम्यान विश्वका छैटौं महँगा खेलाडी बनेका छन्। नेइमार सर्वाधिक महँगा खेलाडी हुन् भने केलियन एमबाप्पे दोस्रा, फिलिप काउटिन्हो तेस्रा, जोआओ फिलिप चौथौ र उस्मान डेम्बेले पाँचौ महँगा खेलाडी हुन्।

ग्रिजम्यानले एट्लेटिकोबाट युरोपा लिग, स्पेनिस सुपर कप, युइएफए सुपर क्लब जितेका थिए। उनी क्लबका लागि पाँच सिजनमै उच्च गोलकर्ता बनेका थिए।

ग्रिजम्यान बार्सिलोनाले यो सिजनमा भित्र्याएका चौथा खेलाडी हुन्। बार्सिलोनाले अयाक्सबाट फ्रेनकी डे जोङ, भ्यालेन्सियाबाट गोलकिपर नेटो र ब्राजिलियन क्लब एमजीबाट इमरसनलाई भित्र्याएका थियो।