८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरी प्रहारबाट ओलीको मृत्यु



अ+ अ-
फाइल तस्बिर

दाङ । दाङमा खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । शनिबार युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–१२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो । खुकुरी प्रहारबाट दुवै हात र बायाँ खुट्टामा गम्भीर चोट लागेका ओलीको नेपालगञ्जमा उपचारपछि थप उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

ओलीको शनिबार राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । यस विषयमा अनुसन्धानलाई तीव्र पारिएको समेत प्रहरीले बताएको छ । घटनामा संलग्न रहेको आरोपमा दुईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार शनिबार नै मोतीपुरको जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । साथै शङ्कास्पद रहेका तीन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

शनिबार दिउँसो सवा दुई बजेतिर केही युवाको समूहले तुलसीपुर–११ स्थित जनबहारचोकमा खुकुरी प्रहार गर्दा ओली गम्भीर घाइते भएका थिए । घटना हुनुको कारण, घटनामा संलग्न व्यक्तिको पहिचानलगायतका विषयमा विस्तृत विवरणका लागि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।