१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जङ्गली च्याउ खाँदा बालकको मृत्यु, पाँच बिरामी

जङ्गली च्याउ खाँदा बालकको मृत्यु, पाँच बिरामी
अ अ+ अ-

म्याग्दी । म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो ।

वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका छ बिरामी भएका थिए । विषालु च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेपछि स्वास्थ्यचौकीमा उपचार गरे पनि निको नभएपछि थप उपचारका लागि पोखरा लगिएको अवस्थामा बालक ऋषिको मृत्यु भएको राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले जानकारी दिनुभयो ।

विद्यालयमा कक्षा–५ मा अध्ययरत मृतक कुँवर, उनकी दिदी तारा कुँवर र भाइ ओमप्रकाश कुँवरलाई थप उपचारका लागि पोखरा लगेपछि गाउँमा जानकारी भएको थियो । उपचार गरिरहेका अन्य बिरामीको अवस्था सुधारोन्मुख छ । थोरै खानेलाई समान्य असर देखिए पनि तीनै जनाले धेरै खाएकाले सिकिस्त भएको चिकित्सको भनाइ उद्धृत गर्दै राम्जालीले बताउनुभयो ।

जङ्गली च्याउ खाँदा सात बिरामी

जङ्गली च्याउ खाँदा बागलुङको पश्चिम ढोरपाटन नगरपालिका वडा नं २ मा सात बिरामी परेका छन् । शनिबार जङ्गलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीय सुजाता थापा, उनका पाँच वर्षीय छोरा आयुष थापा, बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई हाल ढोरपाटन–२ सेरामा बच्चा पढाउन डेरा गरी बस्दै आएका ३५ वर्षीय लेखबहादुर थापा, उनकी २४ वर्षीया श्रीमती प्रेमकुमारी पुन, पाँच वर्षीय छोरा सन्दीप थापा, अध्ययनका लागि सँगै बस्दै आएका १४ वर्षीय सहिस पुन र ढोरपाटन नगरपालिका–२ तारीखेतका ५८ वर्षीया मनिकला महत बिरामी परेका हुन् ।

च्याउ खाएपछि बिरामी परेका सातै जना अचेत अवस्थामा रहेको सूचनापछि तत्काल उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले बताउनुभयो । उनीहरु सबैलाई सामान्य उपचारपश्चात थप उपचारका लागि पाल्पा पठाइएको केन्द्रका डा कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।