७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी भोजपुरमा दुई जना घाइते



अ+ अ-

भोजपुर । अविरल वर्षातसँगै आएको पहिरोमा परी भोजपुरमा दुई जना घाइते भएका छन्। घाइते हुनेमा भोजपुर नगरपालिका ११, आम्तेककी ६६ वर्षीया रामकुमारी राई र रामप्रसाद राई गाउँपालिका ७, बासिखोराकी ३५ वर्षीया प्रेमकुमारी राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीका अनुसार प्रेमकुमारीलाई घाँस काट्ने क्रममा र आम्तेककी रामकुमारीको घरकै आँगनमा पहिरोसँगै झरेको ढुंगाले लागेको हो ।

पहिरोले प्रेमकुमारीको कम्मर र घुँडा, रामकुमारीको दायाँ हातमा चोट लागेको प्रहरीको भनाइ छ। दुवैजना प्राथमिक उपचारपछि घर फर्किसकेका छन्।